झुठो विवरण पेश गरी नागरिकता बनाउन खोज्ने दुई जेल चलान
ताप्लेजुङ : झुठो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने दुईजना पुर्पक्षका लागि कारागार चलान भएका छन्। भारतको नागाल्याण्ड घर भएका २० वर्षीय राजु चौलागाँई र झापाको दमक निवसी ३४ वर्षीय भीमबहादुर चौलागाईलाई कारागार चलन गरिएको हो।
उनीहरु नागरिकता बनाउने क्रममा गत असार १० गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ परिसरबाटै पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान कार्य पुरा गरेपछि जिल्ला अदालतले सोमबार कारागार चलान गरेको प्रहरी निरीक्षक विष्णुबहादुर अड्काले बताए।
प्रतिक्रिया दिनुहोस !
१