गुल्मी अपडेट : ज्यान गुमाउनेको संख्या १० पुग्यो, ३ वेपत्ता
गुल्मी : पहिरोमा ज्यान गुमाउनेको संख्या १० पुगेको छ। सत्यवती गाउँपालिका-३ ठुलोलुम्पेक र ४ लिम्घामा पहिरो जाँदा १० जनाको मृत्यु भइसकेको छ।३ जना अझै वेपत्ता छन्।
आइतबार राति गएको पहिरोले सत्यवती गाउँपालिका गुल्मीमा ५ घर पुरिएका छन् भने दर्जनौं घरमा क्षति पुगेको छ।पहिरोमा पुरिएर ३ ठुलोलुम्पेकका ३० वर्षीय तिलकुमारी तरामु, १० वर्षीय दर्शन तरामुको मृत्यु भएको छ।
त्यस्तै, वडा नम्बर ४ का लिम्घाका ६५ वर्षीय छल्लली विक, २८ वर्षीय पम्फा विक, १२ वर्षीय अञ्जली विक, १० वर्षीय हेमन्त विकको मृत्यु भएको स्थानीयले बताएका छन्।
स्थानीय १० वर्षीय करिस्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएको छ। सत्यवती गाउँपालिका गुल्मीको दुर्गम क्षेत्रमा पर्दछ।आइतबार राति ३ बजेदेखि पहिरो गएको स्थानीयले बताएका छन्।
यस्तै पहिरोमा पुरिएर ४ स्थित भिरकुनामा स्थानीय ३२ वर्षीया निर्मला विक, २९ वर्षीय पम्फा विक, १२ वर्षिय अञ्जली विक, ५ वर्षीय हिमांशु विक, ७० वर्षीय छली विक, ९ वर्षीय सिवानी विक, ९ वर्षीय तारा विकको ज्यान गएको छ।
पहिचान हुन नसकेको एक वर्षीय बच्चाको समेत मृत्यु भएको स्थानीय वडा सदस्य अर्जुन तरामुले जानकारी गराए। वडा नम्बर ३ स्थित ठुलोलुम्पेकको दाङसिंगमा पहिरोले घर बगाउँदा स्थानीय तिलकुमारी तरामु र उनका छोरा दर्शन तरामुको ज्यान गएको उनले बताए।