दोर्दीखोला जलविद्युत आयोजनाविरुद्ध स्थानीय आन्दोलित

दोर्दीखोला जलविद्युत आयोजनाविरुद्ध स्थानीय आन्दोलित

बेंसीसहर : माग पूरा नगरेको भन्दै लमजुङमा निर्माणाधीन दोर्दीखोला जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित भएका छन्। स्थानीयले बेसीशहर नगरपालिका-११ मा निर्माणाधीन २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनाको काममा अवरोध गरेका छन्। 

मुअब्जा नदिइ पाइपलाइन विस्तार गरिएको, बिग्रिएको बाटोघाटो, खानेपानीलगायतका संरचना मर्मत नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन्। मागको सुनुवाई नभएपछि संघर्ष समिति बनाएर आन्दोलनमा उत्रनु परेको संघर्ष समितिका अध्यक्ष ऋषिराज दवाडीले बताए।
    

उनकाअनुसार आयोजनाबाट पीडित भएका स्थानीयले शनिबार आयोजनाको साइट कार्यालयमा गइ माग राखेका थिए। उनीहरुलाई मंगलबारका लागि वार्तामा बोलाइएको थियो।

मंगलबारको वार्तामा आयोजना प्रमुख गुरुप्रसाद ढकालले जनप्रतिनिधि सरोकार समितिमार्फत् माग लिएर आउन सुझाएका थिए । 'संघर्ष समिति र संघर्ष समितिमार्फत आउने प्रभावितलाई हामी चिन्दैनौं भनेपछि वार्ता हुन सकेन, 'दवाडीले भने, 'निर्वाचित जनप्रतिनिधि सरोकार समितिमार्फत् आउनुस् नत्र हुन्न भनेपछि हामी उठेर आयौं।' सरोकार समिति र वडाका जनप्रतिनिधि पनि आयोजनाको पक्षमा लागेर स्थानीयको मागप्रति बेवास्था गर्ने गरेको संघर्ष समितिको आरोप छ।

आयोजनाको प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण, मुआब्जा वितरणमा चित्त नबुझेको र केही स्थानीयको घर र सार्वजनिक सम्पती आयोजना निर्माणका कारण क्षति भएकाले उचित क्षतिपूर्ति र मर्मतको काम गर्नुपर्ने स्थानीयको माग छ। आयोजनाले 
माग सम्बोधन नगरेपछि पीडितले १३ सदस्यीय संघर्ष समिति गठन गरी आफ्ना मागका बारेमा स्थानीय निकाय र प्रशासनमा समेत जानकारी गराए पनि कतैबाट पहल नभएको उनीहरुको गुनासो छ।

संघर्ष समितिका अध्यक्ष दवाडीका अनुसार आयोजनाको संरचना निर्माणका क्रममा ४ जना स्थानीयको घरमा क्षति पुगेको छ । आयोजनासँग यस सम्बन्धमा कुरा गर्दा आयोजनाले २० हजार रुपैयाँ क्षतिपूर्ति र २ बण्डल जस्तापाताबाहेक दिन नसकिने जवाफ दिएको छ। अध्यक्ष दवाडी भन्छन, '२० हजारले घर बन्छ ? सामान्य घर बनाउन पनि अहिले ८÷१० लाख खर्च लाग्छ, प्रोजेक्टका कारण घर भत्कन लागेपछि स्थानीयले ऋण लिएर घर बनाउने ?'

आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले केही स्थानीयले विभिन्न माग राखेको स्वीकार गरे पनि आयोजना बन्द नभएको जिकिर गरे। उनले भने, 'केही स्थानीयले पीडितको नाममा आयोजनामा विभिन्न माग राखेको सत्य हो, तर आयोजनाको आधिकारिक सरोकार समितिमार्फत नआएकाले हामीले समितिमार्फत आउन आग्रह गरेका हौं।'

उनले बेसीसहर नगरपालिका ११ का अध्यक्ष अच्युत बगालेको अध्यक्षतामा सरोकार समिति बनेको भन्दै समितिमार्फत आएका जायज माग सम्बोध नभएका र कतिपय हुने क्रममा रहेको जानकारी दिए। 

उनले आयोजनाले स्थानीय स्तरमा विद्यालय, मोटरेवलपुल, खानेपानी ट्याँकीलगायतका सामाजिक उत्तरदायित्वको क्षेत्रमा धेरै काम गरेको दावी गरे। उनले अहिले आन्दोलनमा उत्रिएको संघर्ष समितिलाई पीडितको नभइ गैरपीडितको समूह भन्दै उनीहरुका नाजायज माग सम्बोधन गर्न नसकिने टिप्णी गरे।

यद्यपी जायज माग भए आयोजना पूरा गर्न तयार रहेको उनले बताए। संघर्ष समितिले भने केहीदिन अघि आयोजनाको सुरुङ मार्गमा काम गर्ने क्रममा एएटा शक्तिशाली विष्फोट भएको र सोही विष्फोटले गाउँका केही घर चर्काएको बताएको छ।

चर्केका घरको तस्बिर आफूसँग रहेको भन्दै अध्यक्ष दवाडीले इआइए रिपोर्ट नेपाली भाषामा पनि हुनुपर्ने, छरछिमेक कार्यक्रमको बजेट पारदर्शी हुनुपर्ने, आयोजको प्रभावित क्षेत्रका घर, धन्सार, गोठ जग्गा, खानेपानी आदिको उचित क्षतिपूर्ति दिनुपर्ने, आयोजनाको पाइपलाइन विछ्याउने क्रममा जग्गा मासिएमा त्यसको क्षतिपूर्ति दिइनुपर्ने, सार्वजनिक बाटो, सिंचाइकुलो तथा खानेपानी योजनामा पुगेको क्षतिको सम्बोधन गर्नुपर्ने आफ्ना माग जायज रहेको दावी गरेको छ।

४ अर्ब २३ करोडको लागतमा आगामी मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको २७ मेघावाट क्षमताको यो आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ। हिमालय पावर पार्टनरद्वारा प्रवद्धित आयोजनामा गैरआवासीय नेपाली संघले ६१ प्रतिशत लगानी गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.