झापामा भेटिएको सुन गोहोरोलाई सुरक्षित स्थानमा छोडियो
झापा : तराई क्षेत्रमा पाइने संरक्षित वन्यजन्तुमा पर्ने सुन गोहोरो झापामा फेला परेको छ।झापाको भद्रपुर ७ स्थित सालमारा पारिजात टोलनिवासी दुर्गा गौतमको घरमा मंगलबार फेला परेको सुन गोहोरोलाई वन डिभिजन कार्यलय झापाले जंगलमा लगेर छाडिदिएको छ।
मंगलबार बेलुका करिब ४ बजेतिर गौतमको घरमा फेला परेको जीवलाई डिभिजन वन कार्यलय झापाका प्रमुख विष्णुलाल घिमिरेलगायतको टोलीले मेचीनगर १३ स्थित हातेमालो सामुदायिक वन क्षेत्रमा लगेर छोडिदिएको हो।
वर्षादको समयमा पानी जमेकै कारण नजिकैको नालीबाट गौतमको घरमा छिरेको उक्त जीवलाई देख्न साथ गौतम परिवारले वन कार्यलयका कर्मचमारीलाई बोलाएका थिए।