भूकम्प पुनर्निर्माण : ६ हजारलाई लाभग्राही सूचीबाट हटे

भूकम्प पुनर्निर्माण : ६ हजारलाई लाभग्राही सूचीबाट हटे

दोलखा : दोलखाका ६ हजार भूकम्प पीडित लाभग्राहीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सूचीबाट हटाएको छ। मंगलबार बसेको बैठकले दोलखा जिल्लाका लाभग्राही सूचीमा परेका ४ हजार २ सय ५० र सम्झौता गरेर पनि लामो समयसम्म पहिलो किस्ता नलिएका १ हजार ५ सय ७७ लाभग्राहीलाई सूचीबाट हटाउने निर्णय गरेको हो।

असार २१ गतेसम्म सम्झौता नगर्ने र सम्झौता गरेर पनि असार मसान्तसम्म पहिलो किस्ता नलिएकाको नाम लाभग्राहीको सूचीबाट हटाउन परिपत्र प्राप्त भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण चरिकोटका प्रमुख गणेश अर्यालले बताए।

 प्रमुख अर्यालका अनुसार अनुदान लाभग्राहीमा परेर पनि दोलखाका ४ हजार २ सय ५० ले अनुदान सम्झौता गरेका छैनन्। कूल लाभग्राही ७२ हजार ८ सय १९ भएकोमा ६८ हजार ५ सय ६९ ले मात्र अनुदान सम्झौता गरेका थिए।

 प्राधिकरणले २०७६ जेठ मसान्तसम्म लाभग्राही सूचीमा समावेश भएकाले अनुदान सम्झौता गर्ने समय सीमा २०७६ असार २१ गतेसम्मलाई तोकेको थियो। यस्तै अनुदान सम्झौता गरेकाले पहिलो किस्ता लिने समय सीमा ०७६ असार मसान्त तोकेको थियो।

 प्राधिकरणले अनुदान सम्झौता गर्न र पहिलो किस्ता लिन नआएकालाई सुनुवाइको विकल्प भने दिएको प्रमुख अर्यालले बताए। ‘अनुदान सम्झौता गर्न छुटेका र पहिलो किस्ता लिन नआएका मध्ये कसैले पर्याप्त कारणसहित स्थानीय निकायमा निवेदन दिन सक्नेछन् र प्राप्त निवेदनको विश्लेषण गरी प्राधिकरणले आवश्यक निर्णय लिनेछ’, उनले भने।

 भूकम्प प्रतिरोधी मापदण्ड अनुसार डीपीसी तहसम्मको निर्माण सम्पन्न गरेका दोलखा जिल्लाका ६६ हजार ९ सय ९२ ले पहिलो किस्ता र ५९ हजार एकसय ८३ लाभग्राहीले दोस्रो किस्ता प्राप्त गरिसकेका छन्।  घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पुर्‍याएका लाभग्राहीले तेस्रो (अन्तिम) किस्ता भुक्तानी पाउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.