७५ हजार पर्यटकले घुमे म्याग्दी

७५ हजार पर्यटकले घुमे म्याग्दी

बेनी : पछिल्लो एक वर्षको अवधिमा ७५ हजार विदेशी पर्यटकले म्याग्दीका पर्यटकीय स्थलको भ्रमण गरेका छन्।  जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २०७५ साउन देखि २०७६ असारसम्म म्याग्दी घुम्ने पर्यटकको संख्या ७५ हजार १९१ जना छ। भित्रने पर्यटक ४३ हजार ४२८ र बाहिरिने ३१ हजार ७६२ जना छन्। कात्तिक महिनामा सबै भन्दा बढी १४ हजार २९७ जना पर्यटकले भ्रमण गरेका हुन्। 

आर्थिक वर्ष २०७४/७५ मा ७४ हजार ७३३, २०७३/७४ मा ६९ हजार ८३७ र २०७२/७३ मा ४३ हजार ६३२ जनाले भ्रमण गरेका तथ्याङ्क छ। २०७४÷७५ को तुलनामा ०७५/०७६ मा साढे चार सय जनाले मात्र पर्यटकको संख्या बढेको हो। 

नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रर्वद्धनको कमी, सडकका कारण पदमार्ग छोटिनु र भएका पर्यटकीय स्थलमा पूर्वाधारको विकास हुन नसक्दा देश र प्रदेशको अनुपातमा म्याग्दीमा पर्यटक आगमन वृद्धि हुन नसकेको हो। 

साउनमा ३ हजार ४४६, भदौमा ३ हजार ९२, असोजमा ९ हजार ५३२, मंसिरमा ५ हजार बीस, पुषमा ४ हजार ३४२, माघमा ४ हजार ४१, फागुनमा ४ हजार ९९०, चैतमा दश हजार ४५१, वैशाखमा १० हजार पाँच, जेठमा ४ हजार १४२ र असारमा १ हजार ८३३ जनाले भ्रमण गरेका छन्। 

घोरेपानीको पर्यटक प्रहरी चौकीका साथै बेनी, भुरुङ तातोपानी र दरवाङ स्थित प्रहरी चौकीले जिल्ला भित्र्ने र बाहीरीने पर्यटकको विस्तृत विवरण सहितको तथ्याङ्क राख्ने गरिएको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासीनीले बताए ।  

म्याग्दीमा आउनेमध्ये असी प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा घोरेपानी पुनहिल क्षेत्र परेको छ।धौलागिरी र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोप्रा, अन्नपूर्ण धौलागिरी, धौलागिरी सेञ्चुरी, धौलागिरी चक्रिय, धौलागिरी आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थल भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन्। 

छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने गर्छन्। अमेरिका, फ्रान्स, इटली, जर्मन, कोरीया, चिन, भारत, पोर्चुगल, अस्ट्रेलिया, नेदरल्याडका साथै भारतीय पर्यटक धेरै आउँछन्। पछिल्लो समय चिनीया, कोरीया र भारतीय पर्यटकको आगमन बढेको घोरेपानीका होटल व्यवसायी ओमबहादुर पुनले बताए।  

 'बन्द हडताल नहुने र राजनीतिक वातावरण सहज भएमा पर्यटक आगमन बढ्छ,' पुनले भने, 'आन्तरिक पर्यटकको आगमन समेत उल्लेख्य छ।'  गण्डकी प्रदेश सरकारले सन २०१९ लाई आन्तरिक भ्रमण वर्ष र संघीय सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। पर्यटकको संख्या बढेपनि केही वर्षयता उनीहरुले गर्ने खर्चको दर घट्दै गएको होटल व्यवसायी बताउँछन्। 

धेरै खर्च गर्न सक्ने पर्यटक भित्र्याउन र पर्यटन व्यवसायमा कमिसनको लोभमा मौलाउँदो बेतिथिलाई नियन्त्रण गर्नुपर्ने होटल व्यवसायी नारायण पुनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.