अन्‍नपूर्ण राउन्ड टेबलमा कोरियाली राजदूत

अन्‍नपूर्ण राउन्ड टेबलमा कोरियाली राजदूत

काठमाडौं : दक्षिण कोरियाका नेपालस्थित राजदूत पार्क योङ सिक अन्‍नपूर्ण मिडिया नेटवर्कको राउन्ड टेबलमा सहभागी भएका छन्। तीनकुनेस्थित अन्‍नपूर्ण टावरमा राजदूत पार्कलाई अन्‍नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा तथा अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापाले स्वागत गरेका थिए।

राजदूत पार्कले मुलुककै एउटा वृहत् र प्रतिष्ठित मिडिया हाउसमा आउन पाउँदा आफूलाई खुसी लागेको बताए। उनले कोरिया नेपालको नजिकको मित्र भएको बताउँदै यहाँको विकासमा निरन्तर सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै भने, 'नेपालबाट प्राप्त सहयोग र सद्‍भाव लागि हामी आभारी छौं। हाम्रो तर्फबाट पनि सहयोगका क्षेत्र र संभावना अझै बढाउने प्रयासमा हामी छौं।'

राजदूत पार्कले नेपाल र कोरियाबीचको सम्बन्धलाई अझ् सुदृढ तुल्याउनका लागि अन्‍नपूर्ण मिडिया नेटवर्कले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए। राजदूत पार्कले लामो राजनीतिक अस्थिरतापछि नेपालमा स्थिर सरकार बनेको उल्लेख गर्दै भने, 'अब यो अवसरलाई यसलाई समृद्धिका लागि उपयोग गर्नुपर्छ। समृद्धिको यात्रामा कोरियाले नेपाललाई सक्दो सहयोग गर्छ। राजदूत पार्कले नेपालमा चाँडै नै उच्चस्तरको भ्रमण हुने बताउँदै भने, त्यसका लागि हामी छलफल र गृहकार्य गरेका छौं।'

पछिल्लो समयमा नेपालमा लगानीको वातावरण बन्दै गएको उल्लेख गर्दै उनले भने, 'लगानीका लागि वातावरण बन्दै गएको छ। सरकारले गरेको प्रयास स्वागतयोग्य छ। अझ् कर, भिसा, रेमिट्यान्स लगायतका केही नीतिगत पक्षमा स्पष्ट भइदिए अझ् राम्रो हुन्थ्यो।'

उनले रोजगारी, प्रविधि, जलस्रोत, खानेपानी, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रा कोरियाली कम्पनीहरु लगानी गर्न उत्सुक रहेको बताउँदै आगामी दिनमा दुई पक्षीय सहयोग आदान प्रदान अझ् व्यापक हुने बताए।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कोरियासँग नेपालको विशेष सम्बन्ध रहेको बताउँदै भने, 'कोरियासँग सम्बन्धलाई अन्नपूर्ण मिडियाले विशेष सम्मान र महत्व दिदै आएको छ।' थापाले अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत सबै न्यूज मिडिया प्रडक्टहरुले नेपालप्रतिको कोरियाली सम्मान र सदभावलाई दुरदराजमा संप्रेषण गरेर दुई देशबीचको सम्बन्धलाई थप सुमधुर र सार्थक तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
 
अध्यक्ष क्याप्टेन थापाले नेपालको आर्थिक विकासमा कोरियाबाट महत्वपूर्ण सहयोग र सद्भाव प्राप्त भएको उल्लेख गर्दै भने, सहयोग आदानप्रदानको यो शृखंलालाई अझ् व्यापक बनाउनुपर्छ। 

अन्नपूर्ण पोस्टका प्रधानसम्पादक हरिबहादुर थापाले रोजगारी मात्र नभएर आर्थिक र सामाजिक सबै क्षेत्रमा कोरियासँगको सहकार्य महत्वपूर्ण रहेको बताए। अन्नपूर्ण राउन्ड टेबलमा अन्नपूर्ण मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मानस घिमिरे, निर्देशक सचेन थापा, अन्नपूर्ण पोस्टका सम्पादकहरु अखण्ड भण्डारी, विकास थापा र अनलाइन सम्पादक विष्णु सुवेदी, अन्नपूर्ण एक्सप्रेसका सम्पादक विश्वास बराल, अंकुर सम्पादक रामकला खड्का, राजनीतिक ब्यूरो प्रमुख चन्द्रशेखर अधिकारीलगायत अन्नपूर्ण परिवारको सहभागिता थियो।

औपचारिक स्वागतपछि दुई पक्षीय सहयोग र सम्बन्धसँग सम्बन्धित विषयमा राजदूतसँग न्यूज रुमले खुला अन्तरसम्वाद गरेको थियो। राजदूतको सम्मानमा अन्नपूर्ण टावरमा दिवाभोजको आयोजना गरिएको थियो। अन्‍नपूर्ण मिडिया नेटवर्कअन्तर्गत अन्‍नपूर्ण पोस्ट दैनिक, एपी वान टेलिभिजन, अन्‍नपूर्ण पोस्ट डटकम, रेडियो अन्‍नपूर्ण, अन्‍नपूर्ण एक्सप्रेसलगायतका समाचार माध्यमहरु स‌ंचालनमा छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.