सिन्धुलीमा चट्याङले पाँच वर्षमा ८ को मृत्यु, १८ गम्भीर
सिन्धुली : सिन्धुलीमा वर्षेनी चट्याङको त्रास हुने गरेको छ। सामान्य वर्षा हुँदा होस् या चट्याङका कारण वर्षेनी ज्यान गुमाउने र घाइतेको संख्या वृद्धि हुँदै गएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जिल्लाका ग्रामिण क्षेत्रमा चट्याङले मानवीय क्षति बढी हुने गरेको छ।यस्तै भौतिक र पशुपंक्षीको क्षती पनि हुने गरेको छ।
सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहका अनुसार २०७२ यता मात्र जिल्लामा चट्याङ लागेर ८ जनाको मृत्यु भएको छ भने १८ जना गम्भीर घाइते भएका छन्।चट्याङले यही साउन ५ गते आइतबार मात्र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ चैनपुरमा ११ वर्षका नवराज तिरुवाको मृत्यु भएको सिंहले जनाए। 'उनको घर नजिकै बेलगैरा भन्ने ठाउँमा च्याउ टिप्न जाँदा चट्याङ लागेर मृत्यु भएको थियो।
त्यसअघि ०७५ १ जना, ०७४ मा २ जना ०७३ मा २ जना, र ०७२ मा २ जनाको मृत्यु भएको थियो।उपचारपछि पनि कतिपय अपांगजस्तै भएका छन्।'अन्य दर्जनौंको अवस्था उपचारपछि सामान्य बनेको छ,'उनले थपे।'
जिल्लामा चट्याङ लागेर दर्जनौं पशु चौपायको मृत्यु भएको छ भने अधिकांशको घरमै चट्याङ पर्दा भौतिक क्षति समेत भएको प्रहरीले जनाएको छ।