विपन्न विद्यार्थीलाई राष्ट्रियसभा अध्यक्षको संरक्षकत्व : सागरले पढ्ने भए ‘साइन्स’

विपन्न विद्यार्थीलाई राष्ट्रियसभा अध्यक्षको संरक्षकत्व : सागरले पढ्ने भए ‘साइन्स’

प्युठान : आर्थिक अभावले उच्च शिक्षाबाट बञ्चित झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठानका सागरविक्रम जिसी कलेज भर्ना भएका छन्। सागर बुधबार काठमाडौंको बसुन्धरामा रहेको क्यानभास इन्टरनेशनल कलेज बसुन्धारामा भर्ना भएका हुन्। 

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको संरक्षकत्वमा जिसीलाई कलेज भर्ना गरिएको हो। सागरले पढ्न नपाएको विषयमा अन्नपूर्ण पोस्ट्मा समाचार प्रकाशित भएपछि सहयोगी हात जुटेका थिए। 

‘समाचार आएपछि निःशुल्क पढाउने विषयमा सल्लाह भयो’, भर्ना गराउदै अध्यक्ष तिमिल्सिनाले भने, ‘मेहनती विद्यार्थीलाई पढ्नका लागि पैसाले मात्र छेक्दैन्।’ 

कलेजले शैक्षिक र आवास खर्च नलिने भएको छ। दुई वर्षका लागि शुल्क र आवासको चार लाख ४० हजार रुपैयाँ निशुल्क हुने प्रिन्सिपल देवेनद्रप्रसाद हडखलेले बताए। 

समाचार प्रकाशनपछि विभिन्न व्यक्ति, संस्था र कलेजले निःशुल्क पढाउने आश्वासन दिएको लक्ष्मी माविका प्रधानाध्यापक कर्णबहादुर जिसीले बताए। सागर कक्षा १ देखि नै कक्षामा प्रथम हुँदै आएका थिए। एसईईमा उनले जीपीए ‘ए’ ल्याएका छन्। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.