मोबाइल चोरी गर्ने गिरोह पक्राउ

मोबाइल चोरी गर्ने गिरोह पक्राउ

धादिङ : धादिङवेशी बजार आसपासमा मोबाइल चोरी गर्दै हिंड्ने गिरोहमध्येका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।उनीहरुको साथबाट चोरी गरिएका विभिन्न कम्पनीका १२ थान मोबाइल पनि बरामद गरेको छ।

नीलकण्ठ नगरपालिका-३ का चोक नारायण श्रेष्ठले गएको असार ९ गते आफ्नो मोबाइल हराएपछि जिल्ला प्रहरी कार्यालय धादिङवेशीमा उजुरी दिएका थिए।

श्रेष्ठको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा मोबाइल र अरु धनमाल चोरी गर्ने गिरोहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख राजकुमार बैदवारले जानकारी दिए।

पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका ४ का सुजन ठकुरी, किशान श्रेष्ठ र निशान सुन्दास रहेका छन्। उनीहरु सबै २१ वर्षभन्दा मुनीका युवा रहेको प्रहरीले बताएको छ।

तीनजनाको समूह मिलेर चोरी गर्ने बेलामा एकजनाले बाहिरी वातावरण हेर्ने, २ जना घरभित्र पसेर चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

पक्राउ परेकाको साथबाट मोबाइलको साथै २ वटा खुकुरी, २ वटा ढलौटको लोटा, ढलौट कै कचौरा १४ थान, चोरी गर्नमा प्रयोग गरिएको फलामको हम्मर, रेन्ची, लाइटर, सुनजस्तै देखिने मंगलसुत्र र माला बरामद गरेको हो।

उनीहरुलाइ जिल्ला अदालतबाट चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी प्रवक्त डीएसपी रुपक खड्काले जानकारी दिए। उनले भने, 'धारिलो हतियार नै बोकेर हिँडेकाले यिनीहरु ठूलै योजना बनाइरहेको हुनसक्ने भएकाले अनुसन्धान गरिरहेका छौँ।'हराएको मोबाइलको कोड र प्रमाणसहित आएमा सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.