नक्कली लाइसेन्स बनाउने दुई पक्राउ
![नक्कली लाइसेन्स बनाउने दुई पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/crime-news-license_20190724114317_YORsuBAuAY.jpg)
जनकपुरधाम : नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बनाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हंसपुर नगरपालिका-९ बालगंगा चोकबाट सोमबार साँझ प्रहरीले सोही नगरपालिका बस्ने ३४ वर्षीय अलिअकवर मंसुर औरही गाउँपालिका-६ बस्ने २४ वर्षीय सब्जान मंसुरलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुबै जनाले काठमाडौंमा नक्कली सवारी चालक अनुमतिपत्र बनाई गाउँ घरका युवासँग पैसा लिएर बिक्रीसमेत गर्दै आएका थिए।
प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय औरहीबाट खटिएको प्रहरी टोलीले दुवैजनाको पहिचान गरी खानतलासी गर्दा उनीहरुको साथबाट पाँच–पाँच थान लाइसेन्स बरामद भएको हो।
लाइसेन्समा सरकारी छाप दस्तखत किर्ते कसुरमा मुद्दा दर्ता गरेको धनुषा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको धनुषाा प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)