लमजुङ बाढी अपडेट : चारजनाको शव भेटियो, ११ जना अझै बेपत्ता

लमजुङ बाढी अपडेट : चारजनाको शव भेटियो, ११ जना अझै बेपत्ता

बेसीसहर : लमजुङको दोर्दीखोलामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । अरु ११ जना अझै हराइरहेका छन् ।

बाढीमा परी लिवर्टी ईनर्जी पावर कम्पनीद्धारा प्रबद्र्धित २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’जलविद्युत आयोजनामा कार्यरत ३ सय कामदारमध्ये ११ जना सम्पर्कमा नै आएका छैनन् ।

कामदारमध्ये चारजनाको शव भेटिएको हो । घटनापछि स्थानीयले भने १० जना भन्दा धेरैको ज्यान गएको स्थानीयले दावी गरेका छन् ।

उद्दारमा खटिएका सुरक्षाकर्मीका अनुसार मृतकको संख्या बढ्नसक्ने छ ।

स्थानीय धर्मराज गुरुङका अनुसार छोटेखोलाका कुमार लामाको ट्याक्टर र चालक बगाएको छ । चालकको परिचय खुलेको छैन ।

मनास्लु हिमाल काखबाट बगेको दोर्दीमा मुहान वरपर पहिरो चलेका कारण बाढी आएको स्थानीयले बताएका छन् । वडा नं. ६ ढोडेनी रहेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजनाको २ वटा लोडर, २ वटा ट्याक्टर, २ वटा कम्प्रेसर, एउटा जेनेटरलगायत सामाग्री बगाएको प्रवद्र्धक केशव रायमाझीले बताए । बाढी पसेपछि टनेलमा पसेका १७ मजदुरको भने सकुशल उद्धार गरिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.