पहिराले तीन सय परिवार विस्थापित : हेलिकप्टरबाट उद्धार

पहिराले तीन सय परिवार विस्थापित : हेलिकप्टरबाट उद्धार

गुल्मी : सत्यवती गाउँपालिका ३ र ४ को लिम्घा र ठुलोलुम्पेकका मंगलबारको पहिरोबाट तीन सय बढी परिवार विस्थापित भएका छन्। वर्षापछि बस्ती बसेको पहाड नै चिरा परेपछि स्थानीय घर छाडेर अन्यत्र बसाइ सरेका हुन्। उनीहरु अहिले स्थानीय विद्यालयमा आश्रय लिइरहेका छन्।

लिम्घास र ठुलोलुम्पेकमा मंगलबार गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ। पहिरोमा वेपत्ता भएका चार जनामध्ये दुई जनाको शव बुधवार भेटिएको छ। पुरिएका लिम्घाका सुमन विक र ठूलोलुम्पेकका बबी विकको शव बुधवार भेटिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। 

पहिरोमा परी दुईजना अझै बेपत्ता छन्। स्थानीय तारा विक र मायाँ विक पहिरोमै बेपत्ता छन्। उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ। पहिरोबाट झण्डै एक करोड बढी क्षति भएको अनुमान गरिएको छ।

पहिरोले घरबास बगाएकाहरु बिचल्लीमा परेका छन्। दुवै गाउँका गरी तीन सय बढी पहिरोपीडित स्थानीय सरस्वती माध्यमिक र धर्मापुर माध्यमिक विद्यालयमा आ श्रय लिएर बसेका छन्। केही घर सुरक्षित भए पनि त्यहाँका मानिसहरु त्रास भएर घरमा बस्न सकेका छैनन्। लिम्घामा एकसय बढी र ठूलोलुम्पेकमा २ सय बढी परिवार विचल्लीमा परेका छन्। ६० बढी घर उच्च जोखिममा छन्।

स्थानीय सरकारले मात्र पीडितको माग पुरा गर्न कठिनाइ भएको बताएको छ। ‘उनीहरुलाई तत्कालै उद्धार गर्नुपर्ने छ’,सत्यवती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारी भने, ‘प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्छ। हामीले मात्र पीडितको मागलाई सम्बोधन गर्न कठिन हुन्छ।’ लिम्घाका पीडितलाई मंगलवार नै राहत सामग्री वितरण गरिएको थियो। ठूलोलुम्पेकका पहिरो पीडितलाई बुधवार राहत दिइएको छ।

पहिरोले खानेपानीका पाइप बगाएपछि गाउँमा पानीको हाहाकार भएको छ। पहिरोले दर्जन घरगोठसहित स्थानीय एक विद्यालयको भौतिक संरचनामासमेत पूर्ण क्षति गरेको छ।

रुद्रबेणी–ठूलोलुम्पेक ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध हुँदा गाउँमा राहतका सामग्री लैजान सकिएको छैन्। यातायातका साधन अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ। स्थानीय बजार पुग्न सकेका छैनन्। पीडितहरुको उद्दारमा तत्कालै चासो नदेखाएमा रोग फैलन सक्ने खतरा बढेको स्थानीयले बताएका छन्।

बुधवार हेलिकोप्टरबाट राहत सामग्री गाउँमा लगिएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वयमा गृहमन्त्रालयले राहत सामग्री वितरण गरेको प्रजिअ पौडेलले बताए। गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्थलगत अवलोकन गरेपछि गृहले राहतका सामग्री पुर्‍याएको पौडेलले बताए। 
उनका अनुसार २० क्वीन्टल चामल र तयारी खाजा वितरण गरिएको छ। ‘पीडितलाई खाद्यान्नको संकट हुन दिँदैनौ’,उनले भने, ‘सामग्री तयारी अवस्थामा राखेका छौँ।’ भौगोलिक विकटताले गर्दा राहत र उद्दारमा निकै समस्या भएको उनले जानकारी गराए। घाइतेहरुलाई समेत हेलिकोप्टरबाट उद्धार गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.