आजको मौसम : भारी वर्षाको संभावना, सतर्क रहन आग्रह

आजको मौसम : भारी वर्षाको संभावना, सतर्क रहन आग्रह

काठमाडौं : हाल देशभर सामान्यतया बदली भई देशका पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षा भइरहेको छ।बाढी र वर्षाका कारण सयौं जनाले ज्यान गुमाएका छन् भने विस्थापित हुने परिवारको संख्या पनि बढ्दो छ।

जल तथा मौसम पूर्वानुमान महाखाशाका अनुसार अब मनसुनी गतिविधि सक्रिय हुने क्रम विस्तारै कम हुँदै जाने भएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भागभन्दा दक्षिणतिर सर्ने भएकाले मनसुन गतिविधि कमजोर हुने भएपछि वर्षा पनि कम हुने मौसमविदले बताएका छन्। 

बिहीबार देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।पश्चिम तराई र पूर्वका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ।

यस्तै आज राति पनि देशभरको मौसम सामान्यतया बदली भई केही स्थानमा वर्षा हुने देखिएको छ।पश्चिम तराईका एक दुई स्थानमा भारी वर्षाको संभावना रहेकाले नदी वरपर, नहर छेउछाउ बसोबास गर्ने नागरिकलाई सचेत रहन आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.