गाईवस्तुलाई घाँस हाल्न गोठ जाँदा करेन्ट लागेर मृत्यु
झापा : झापाको कमल गाउँपालीकामा बिहीबार बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। कमल गाउँपालिका ५ पाडाजुंगी आइतबारे घरभएका काजीबहादुर जोशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बिहान साडे ५ बजे तिर घर वस्तुको गोठमा घाँस लगाउन जाने क्रममा विद्युतको पोल छुँदा करेन्ट लागेर जोशीको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए।
विद्युतको पोल अड्याउन लगाइएको फलामको तारमा पानी परेको बेला करेन्ट प्रवाह भएकाले तार छुँदा जोशीको ज्यान गएको स्थानीय शिक्षक ओमप्रकाश गौतमले बताए।
प्रतिक्रिया दिनुहोस !
१