लमजुङ बाढी अपडेट : चारजनाको सनाखत, ६ अझै बेपत्ता

लमजुङ बाढी अपडेट : चारजनाको सनाखत, ६ अझै बेपत्ता

बेंसीसहर : दोर्दीखोलामा बुधबार दिउँसो एक्‍कासी आएको बाढीले बगाएर मृत्यु भएका चारजनाको सनाखत भएको छ। मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका-८ का ५० वर्षीय भुवनेश्वर चौधरी, डढेल्धुराको आलेतालनपा-६ का ५० वर्षीय रमेश बुढा, बाराको जितपुर उपमहानगर पालिकाका ३५ वर्षीय शिवलाल चौधरी र ३५ वर्षीय अन्सारी रहेका छन्। 

उनीहरुको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टम गरिएको छ। दोर्दी गाउँपालिकाको ४ शेरापुलनजिकै दुईजना र  ६ को किर्तीपुरबेसीमा २ जनाको शव फेला परेको थियो।

प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईका अनुसार ६ जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा सप्तरीका सुरेन्द्र चौधरी (४०), कञ्चनपुरका देवबहादुर कोली (४३), डढेल्धुराका कर्ण बुढा (४५), भोजपुरका दिवस कटुवाल (२२), बाराका ज्ञानेन्द्र चौधरी (३४) र लमजुङ दोर्दी-६ काविनोद तामाङ छन्।बेपत्ताको बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत आयोजना, जनप्रतिनिधि र स्थानीयले खोजी थालेका छन्। 

मृत्यु र बेपत्ता हुने सबै निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी 'ए' जलविद्युत आयोजनाका कामदार हुन्।उद्धार गरिएका ८ घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी निरीक्षक बसन्त पाण्डेकाअनुसार लमजुङको बेसीसहर नगरपालिका-६ काअर्जुन आले (३५), कलैयाका अर्जुन शर्मा (३०), धनगढीका रमेश विक (२५), सप्तरीका सुरज सादहा (२४), डढेल्धुराका धनसिंह सेडी (४६), डढेल्धुराकै सुरज बुढा (२५), सप्तरीका सन्तोष सरदार (३१) र बाराका हरि विक (४२) को उपचार भइरहेको छ। 

माथिल्लो दोर्दी 'ए' जलविद्युतआयोजनाको प्रवद्र्धक टिबर्टी इनर्जी कम्पनीका संचालक राजेन्द्र वस्तीले बाढीले धनजनको ठूलो क्षति पुर्‍याएको बताए।दोर्दी गाउँपालिकाकाअध्यक्षओमबहादुर गुरुङकाअनुसार बुधबारदिउसो ३ बजेतिर खोलामा बाढी आएको थियो। बाढीसँगै बगाएर ल्याएको दुईवटा शव नौथर सेरामा भेटिएको थियो।

बाढीले ६ ढोडेनीमा रहेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजनाको २ वटा लोडर, २ वटा ट्याक्टर, २ वटा कम्प्रेसर, एउटा जेनेटरलगायतका सामग्री बगाएको प्रवद्र्धक केशव रायमाझीले बताए। बाढी पसेपछि टनेलमा फसेका १७ मजदुरको भने सकुशल उद्धार गरिएको थियो।

बाढीले खोला वरपर रहेका स्थानीय विस्थापित भएका छन्। जलविद्युत आयोजना सुरक्षार्थ बसेको नेपाली सेनाको क्याम्प पनि बाढीले क्षति गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.