मुस्ताङमा 'यार्तुङ' महोत्सव हुने

मुस्ताङमा 'यार्तुङ' महोत्सव हुने

मुस्ताङ : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाभित्र बसोबास गर्ने गुरुङ समदायको आफ्नै धार्मिक रहनसहन र विविधता छ। जसमध्ये एक हो यार्तुङ।अलग अलग गाउँका गुरुङ समुदायले यसपटक एउटै थलोमा यार्तुङ मनाउने भएका छन्।

समुन्द्री सतहदेखि ३८ सय मिटर उचाइको पवित्र धार्मिकस्थल मुक्ति क्षेत्रमा यसपटक यार्तुङ पर्वलाई बृहत महोत्सवका रुपमा मनाइने भएको छ। बरागुङका गुरुङ समुदायले सदियौदेखि यो पर्व मनाउँदै आएका छन्। परम्परागत यार्तुङलाई बृहत महोत्सवको रुपमा विकास गर्न गाउँपालिकाले अग्रसरता देखाएको हो।यातुङ नजिकिदै छ।

नेपाल भ्रमण वर्ष २०२० लक्ष्य गरी पर्यटन प्रर्वद्धनमा सघाउ पुर्‍याउने उद्देश्यले परम्परागत यार्तुङलाई बृहत महोत्सवका रुपमा विकास गर्न लागिएको हो। गाउँपालिकाले बुधबार सरोकारवालासँग बसी यस्तो निर्णय गरे।

विगतमा 'यार्तुङ' मुक्तिनाथको जनप्रीय युवा क्लबले संञ्चालन गर्ने गथ्र्यो। जनप्रतिनिधि,कर्मचारी, जनप्रीय युवा क्लब,  १९ वटै गाउँका मुखिया र सरोकारवालाले यार्तुङलाई संयुक्त पर्वको रुपमा मनाउने निर्णय गरे।

यसका लागि अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङको अध्यक्षतामा ७१ सदस्यीय 'यार्तुङ' मुलआयोजक समिति समेत गठन भयो।ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको यातुङ गुरुङ समुदायको मौलिक पर्व भएको अध्यक्ष गुरुङले जानकारी दिए। 

सांस्कृतिक विविधता, युवाबीचको सम्बन्ध जोड्न महोत्सब फलदायी हुने अध्यक्ष गुरुङले जनाए। मेलामा स्थानीय उत्पादनको प्रर्वद्धन, धर्मसंस्कृति र परम्परा संरक्षणमा यातुङ मेलाले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष गुरुङको भनाई छ।

यसपटक व्यापक जनसहभागितामा यार्तुङ महोत्सवको तैयारी गरिएको छ।युवा क्लब, पुराङबासी तथा १९ वटै गाउँका युवा प्रतिनिधि सम्मिलित उपसमिति समेत गठन जनाइएको छ।

यस पटक गाउँपालिका भित्रका सबै गाउँलेले यार्तुङ महोत्सवमा सांस्कृतिक झाँकी, घोडा दौड र परम्परागत मौलिक सभ्यता पस्कने छन्।मुस्ताङको मुक्तिक्षेत्रमा हुने यार्तुङ महोत्सव बर्सेनि जनैपूर्णिमा अवसरमा संञ्चालन हुनेगर्छ। यारको अर्थ हो बर्खा र तुङ अर्थ पर्व हो। खेतिपातीको सबै कामकाज सकेर आपसमा खुसी साट्ने पर्व हो यार्तुङ।

महोत्सवको मुख्य आर्कषण प्रतियोगी र अप्रतियोगी घोडा,स्थानीय खानाका परिकार, स्थानीय भेषभुषा, सेभेन ए फुटबल, तारो हान्ने खेल र विविधि सांस्कृतिक कार्यक्रम हुनेगर्छ।

महोत्सवमा नेपालका चर्चित कलाकार निम्त्याएर कन्सर्ट र सांस्कृतिक कार्यक्रम गरिने छ। आन्तरिक तथा बाह्य पर्यटन प्रर्वधनका लागि गाउँपालिकाले थप नयाँ खालका कार्यक्रम ल्याउने जनाएको छ। यार्तुङ अवलोकन गर्न मुस्ताङलगायत डोल्पा ,मनाङलगायत देश विदेशमा रहेका मुस्ताङी पुख्यौली थलो फर्कन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.