मर्स्याङ्दीमा जीप खस्दा चालकको मृत्यु
बेसीसहर : चामे सडकअन्तर्गत लमजुङको मस्र्याङ्दी गाउँपालिका-४ च्याम्चेमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ दमौली घर भएका जीप चालक धनबहादुर आचार्य रहेको प्रहरीले जनाएको छ।
लमजुङ-मनाङ सिमाना म्यार्दीखोलाबाट जगत आउँदै गरेको ग १ ज ६७८६ नम्बरको जीप बुधबार राति मस्र्याङ्दीमा खसेको स्थानीयले बताएका छन्।
बिहीबार बिहान सोही ठाउँमा मनाङ जाँदै गरेको ट्रक हिलोमा फसेपछि धकेल्ने क्रममा मस्र्याङ्दी किनारमा जीप देखिएको थियो। जीपमा चालक मात्रै रहेको बताइएको छ। प्रहरी निरीक्षक बसन्त पाण्डेले घटनाको विस्तृत जानकारी लिन प्रहरी घटनास्थलमा जाँदै गरेको बताए।