गौशालाका दुई प्रहरी अधिकृत घुससहित पक्राउ
काठमाडौं : महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षक रमेशबहादुर पाण्डे र राजु स्वर्णकार घुस रकम पक्राउ परेका छन्।
गौशालाका प्रहरी नायव निरीक्षक पाण्डे र स्वर्णकारले सार्वजनिक मुद्दामा केश चाँडै मिलाइ दिने भन्दै सेवाग्राहीसँग १८ हजार घुस लिएका थिए।
उनीहरुलाई घुससहित अख्तियारले प्रक्राउ गरेको प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।
काठमाडौं महानगरपालिका ८ स्थित मिथिला काबेली यातायात सेवा प्रालि र अनलाइन डिलक्सको टिकट काउन्टरको अफिस अगाडिको सार्वजनिक सडक किनाराबाट रङ्गेहात नियन्त्रणमा लिएको हो।