'स्कुल विभाग मैले पाउनुपर्छ'

'स्कुल विभाग मैले पाउनुपर्छ'

भैरहवा : सत्तारुढ नेकपाका नेता घनश्याम भुषालले पार्टी स्कुल विभागको नेतृत्व दाबी गरेका छन्। स्थायी कमिटी सदस्य भुसालले आफू निर्वाचित रुपन्देही क्षेत्र नम्बर ३ (भैरहवा) पुगेर विभागको नेतृत्व आफूले पाउनुपर्ने बताएका हुन्।

विभागको नेतृत्व कसले गर्ने भन्नेमा पार्टीभित्र चर्किएको विवादका कारण बिहीबार डाकिएको सचिवालय बैठक स्थगित भएको छ। अध्यक्ष केपी ओली पक्ष उपप्रधान एवं रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेल र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई विभागको नेतृत्व दिने अडानमा छन्।

बिहीवार भैरहवामा लुम्बिनी प्रेस क्लबले गरेको पत्रकार भेटघाटमा उनले पार्टीको सिद्धान्त र विचार बनाउन आफूले बढी मिहिनेत गरेका कारण स्वभाविक रुपमा स्कुल विभागको जिम्मेवारी आफूले पाउनुपर्ने बताए।

'विभागले मार्क्सवाद, समाज, समाजको अर्थराजनीति पढाउने काम गर्छ, जुन मैलै गरेका कामहरू मध्ये हुन्', उनले भने, 'मेरो धेरै लगाव यसमा छ।' यद्यपि आफूले नेतृत्व नपाउँदैमा स्कुल विभाग बिग्रन्छ भन्ने मान्यता आफ्नो नभएको उनले प्रष्टीकरण दिए।

पार्टीको नवौँ महाधिवेशनदेखि स्कुल विभागमा आफूले दाबी गर्दै आएको तर गुटबन्दीका कारण जिम्मेवारी नदिइएको उनले गुनासो पोखे। अहिले पनि गुटबन्दीका हिसाबले निर्णय भए अन्तिमसम्म त्यसको विरोध गर्दै जाने उनको भनाई छ।

अध्यक्षद्वय ओली र दाहालतर्फ संकेत गर्दै उनले भने पार्टीमा लोकतान्त्रिक विधि नमानिएको बताए। 'दुई जनाले छलफल गरेर विभाग बनाउने, जिल्ला कमिटी इञ्जार्ज तोक्ने काम भए पार्टी प्रक्रियागत ढंगले अगाडि बढेको भन्न सकिँदैन', उनले भने, 'सरकारले पार्टी चलाउने होइन, पार्टीले सरकार चलाउने हो। व्यक्तिले समूह चलाउने होइन।'

पार्टीमा सिद्धान्त र विचार कमजोर भए व्यक्तिका स्वार्थ हावी हुँदै जाने उनको धारणा छ।


यो पनि पढ्नुस्ः नेकपा एकता : 'स्कुल' मा किन अड्कियो भागबन्डा ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.