‘रअ’ प्रमुख नेपाल आएको जानकारी छैन'

‘रअ’ प्रमुख नेपाल आएको जानकारी छैन'

काठमाडौं : सरकारले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयल नेपाल आएकोबारे जानकारी नभएको बताएको छ। नेपालमा रहेका ‘रअ’ प्रमुखले प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेतासँग भेटेको चर्चा भइरहेका बेला सरकारले गोयल नेपाल आएकोबारे अनभिज्ञता प्रकट गरेको हो।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘रअ’ प्रमुखले नेता भेटेवार्ता गरेको बारे जानकारी नभएको बताए। 

‘भारतीय गुप्तचर प्रमुख नेपाल आएको र प्रधानमन्त्रीलाई भेटेको हामीलाई थाहा छैन,’ उनले भने, ‘आएको, भेटेको भएपनि कूटनीतिक प्रचलन अनुसार भेटेको हुनुपर्छ।’

प्रधानमन्त्रीसँगको भेटका बारेमा सोधिएको प्रश्नमा मन्त्री बाँस्कोटाले त्यसलाई अस्वीकार गरे। ‘क-कसले भेट्नुभयो हामीलाई थाहा छैन। भेट्नै हुँदैन्थ्यो भन्ने पनि होइन। यसलाई सामान्य रुपमै लिन्छौं,’ उनले भने, ‘तर म दाबाका साथ भन्छु, प्रधानमन्त्रीज्यूले भेटेजस्तो मलाई लाग्दैन। भेटेको भए प्रमाण खोई ? ’

मन्त्री बाँस्कोटाले गुप्तचर प्रमुखलाई भेट्दैमा ‘रअ’ पक्षधर नहुने भन्दै लघुताभाषी मान्यता नराख्न आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.