पहिरोले धरान-धनकुटा सडक अवरुद्ध

पहिरोले धरान-धनकुटा सडक अवरुद्ध

धनकुटा : बिहिबार रातिबाट भएको अविरल वर्षाका कारण बर्जुवा खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान-धनकुटा सडकखण्ड अवरुद्ध भएको छ । शुक्रबार बिहान लगभग ४ बजे पहिरो गएर सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रशासन कार्यलय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुरका लागि हिंडेका कयौं सवारीसाधन बाटोमा नै अलपत्र परेका छन् । स्क्राभेटरको माध्यमले पहिरो हटाएर वान वे बाटो खुलाउने कार्य भइरहेको खड्काले बताए ।

हिजो रातिबाट आएको वर्षाको कारणले कोशी राजमार्गका १ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । रुद्रबारी, गुठीटार, जिरोप्वाइन्ट लगायतका दर्जनौं स्थानमा पहिरो गएको ट्राफि प्रहरी प्रमुख खड्काले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.