अवैध कुखुरा ओसारपसार गर्ने दुईजना प्रहरी नियन्त्रणमा

अवैध कुखुरा ओसारपसार गर्ने दुईजना प्रहरी नियन्त्रणमा

धनगढी : कैलाली प्रहरीले भारतबाट अवैधरुपमा कुखुरा ओसारपसार गर्ने दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-७ बाट अवैध कुखुरासहित दुईजनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले भारतबाट कुखुरा ओसारपसार गर्ने धनगढी उपमहानगरपालिका-९ का राजेन्द्र साहु र बाजुरा त्रिवेणी नगरपालिका-३ स्थायी बसोबास भई धनगढी बस्दै आएका ईश्वर भण्डारीलाई पक्राउ गरिएको उनले जानकारी दिए।

उनीले से १ प ५३१४ र से २ प १६३६ नम्बरको मोटरटइकलमा भारतबाट एक सय ६५ किलो बराबरको अवैध कुखुरासहित नियन्त्रणमा लिइएको बस्नेतले बताए। बरामद् कुखुरा पशु क्वारेन्टाइन, कुखुरा व्यवसायी संघ र स्थानीयको रहोबरमा नष्ट गरिएको र ओसारपसारमा संलग्न दुवै जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जाकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.