कालोपत्रेको पर्खाइमा जोमसोम–कोरला सडक

कालोपत्रेको पर्खाइमा जोमसोम–कोरला सडक

मुस्ताङ : नेपाल–चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना जोमसोम–कोरला सडक कालापत्रेको पर्खाइमा छ। जोमसोमदेखि कोरलासम्मको सात प्याकेजमध्ये तीनवटाको काम अन्तिम चरणमा पुगेको छ।

यसअघि छोसेर–कोरला १४ किमि ग्राभेल सडक कालीगण्डकी करिडोरलाई हस्तान्तरण भएको हो। जोमसोम–कोरला एक सय १० किमि दूरी छ। यसमध्ये करिब ६२ किमि सडकको काम अन्तिममा पुगेको छ। जोमसोमदेखि ताङ्वे १८ किमि सडकको ग्राभेल गर्ने काम सम्पन्न भएको छ। यहाँ केही नाली बनाउने काम मात्रै बाँकी छन्। ताङ्वेदेखि चैले ११ किमि सडकको ग्राभेल काम पनि अन्तिममा पुगेको करिडोरका इन्जिनियर अश्विनीकुमार यादवले जानकारी दिए। जोमसोमदेखि चैलेसम्मको २९ किमि सडकको सम्पूर्ण काम दुई महिनाभित्र सम्पन्न हुने इन्जिनियर यादवले बताए।

जोमसोमदेखि चैलेसम्म ग्र्राभेल सडक विस्तार हुँदा जोमसोममाथि छुसाङ , मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने सवारीसाधनलाई दैनिक आवत–जावतमा सहज भएको हो। सडक ग्राभेल हँुदा यतिबेला सवारी ७०÷८० स्पिडको रफ्तारमा हुइँकन सक्छन्। कालीगण्डकी करिडोरले जोमसोमदेखि कागबेनीसम्म कालोपत्रेको प्रस्ताव विभागमा पु¥याएको इन्जिनयर यादवले बताए। यादवले भने,‘जोमसोममाथि २९ किमि सडक ग्राभेल पूरा हुँदै छ। सडक हस्तान्तरण भए कालोपत्रे गर्न सकिन्छ।’

जोमसोमदेखि कोरलासम्मको सात प्याकेजमध्ये तीनवटाको काम अन्तिम चरणमा पुगेको छ।

उनले छोसेर–कोरला ग्राभेल सकिएकाले त्यहाँ पनि कालापत्रे गर्न सकिने उल्लेख गरे। यस्तै, झेतेदेखि चराङसम्मको सडकमा ९० प्रतिशत प्रगति भएको करिडोरले जनाएको छ। तर, कोरला सडकको समर–भेना ११ किमि सडक र चराङ –छोसेर २५ किमि खण्डबाहेक पाँचवटै खण्डको पूरै काम दसैंभित्र सकिने करिडोर सडकका आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए।

करिडोरको जोमसोम–कोरला सडक २०७४ सालदेखि सुरु भएको हो। चालु असारमा सकिनुपर्ने सबै काम अझै लम्बिने देखिएको छ। उपल्लो मुस्तारको समर र झो खोलामा रक कटिङ गर्नुपर्ने भएकाले निर्माणमा ढिलाई भएको हो। ५० प्रतिशत काम सकेको चराङ–छोसेर सडक स्तरोन्नति कार्य सुस्त देखिएको छ। त्यहाँ दिवा डाँफे रौटाहा जेभीले कामको जिम्मा लिए पनि खासै काम अघि बढाउन सकेको छैन।

करिडोरकै बेनी–जोमसोम ७६ किमि सडकमा भने ५० प्रतिशत मात्र प्रगति भएको छ। अत्यधिक वर्षा हुने र सवारीसाधनको आउजाउ बढी हुने भएकाले काममा सुस्तता देखिएको करिडोरले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.