प्रविधिले राँगा, गोरु विस्थापित
भद्रपुर : केही वर्ष अघिसम्म झापामा जमिन हुनेका घरमा २÷३ हल राँगा, गोरु हुन्थे। खेती गर्नेको सहारा भनेका तिनै राँगा, गोरु थिए। तर अब ती कथाजस्तै भएका छन्। तराईमा पनि गोरु र राँगाले खेत जोतिन्थ्यो भन्दा अहिले नयाँ पुस्ताले आश्चर्य मान्छन्।
‘एक जना हली राखेपछि वर्ष दिनभरि उसले धान, मकै, गहुँ, तोरीलगायत सबै खेतिपाती गर्न जोत्ने काम गर्थे’, कनकाई नगरपालिका–३ का किसान गोपाल अधिकारी भन्छन्, ‘आपैmं पनि जोतिन्थ्यो, हलीको मात्र भर परिन्थेन, तर अनिवार्य हली राखिन्थ्यो।’ अहिले खर्चिलो र जनशक्ति अभावमा उनले हल गोरु पाल्न छाडेको १५ वर्ष भयो। उनको अनुभवमा ‘ट्रयाक्टरले जोत्न थाले पछि जमिन नै रुखो हुँदै गए जस्तो लाग्छ। ‘हरेक किसिमका औषधि नहाली धान राम्रो फल्दैन। त्यतिबेला राम्रो जोताईले पुगेपछी नै धान मज्जाले फल्थ्यो’ अधिकारी भन्छन्।
अहिले समय बदलिए संगै झापाका किसानको खेती गर्ने तरिकामा पनि परिवर्तन आएको छ। झापाका गाउँ घर तिर आकल झुकल मात्र हल गोरु देखिन थालेका छन। कृषि क्षेत्रमा बढ्दै गएको आधुनिककरण संगै खेत जोत्नका लागि प्रयोग हुने ट्रयाक्टरले महत्व पाउन थालेपछि धेरै किसानले गोरु, राँगा खर्चिलो भयो भन्ने बहानामा मासेर आधुनिक प्रविधिको उपयोग गर्न थालेका छन्।
भद्रपुर १० का सन्तोष मण्डलका २ हल राँगा छन्। उनि राँगा जोत्न र पराल बोक्नकै लागि प्रयोग गर्छन्। ‘अहिले त भद्रपुर क्षेत्रमा नै राँगा पालेर जोत्ने म मात्र हो कि जस्तो लाग्छ,’ मण्डल भन्छन्। मण्डलको आफ्नो खेती लगाउने जग्गा छैन। त्यसैले उनि अरुको खेती अदियार गर्ने गर्छन्। ‘ट्रयाक्टर लगाउँदा माटोको सबै ठाउँ मज्जाले जोत्दैन। मण्डको अनुभवमा सुख र छिटोको लागि ट्रयाक्टर हो। तर ट्रयाक्टरले जोतेको मन नपर्ने उनि बताउँछन्। ‘आफुँ गर्न सकिञ्जेल राँगा नारेरै खेती गर्छु’ उनले भने। खर्चिलोका बाबजुत पनि हिजोको खेतीगर्ने तरिका मण्डलले त्याग्न सकेका छैनन्।
कचनकवलका अर्का कृषक कृष्ण राजबंशी भन्छन्, ‘खेतीको मुख्य सिजन असार मंसिरका दिनमा बिहानै उठयो अनि गोरु घस्याउने मुख्य काम हुन्थ्यो। हलो जुवा ठीक पारेर घाम पनि नझुल्कीदै खेतमा पुग्नुपथ्र्यो। आफैले गोरु पालेर खेतीगर्दा भनेको समयमा आफुले इच्छा अनुसारको माटो बनाएर खेती गर्न पाईने भट्टराई भन्छन्। ‘अहिले अब गोरु पालेर खेती गर्न कस्ले सक्नु ? हल गोरु खरिद गर्न ठुलै रकम खर्चनु पर्छ’ उनले थपे।
गोरु नारेर जोत्ने जनशक्तिको अभाब र खर्चिलो हुँदा अहिले अधिकांश किसानको पहिलो रोजाई ट्रयाक्टर नै बन्दै गएको छ। प्रति जोर राँगाको पशुहाटको मुल्य ५० हजार देखि १ लाख सम्म पर्ने गर्छ। गोरु पनि कम्तिमा २० हजार प्रति जोडी पर्ने गर्छ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिकराम भट्टराई भन्छन ‘जिल्लाका प्राय सबै किसानले गोरु राँगा नै पाल्न छोडी सकेका छन्, फाट्टफुट्ट मात्र देखिन्छ गोरु र राँगाले जोतेको।’ झापा जिल्लाको कुल जनसंख्या मध्ये ६६ प्रतिशत किसान छन्। ज्ञान केन्द्रको पछिल्लो सर्वेक्षण अनुसार झापा जिल्लाको मुख्य राजमार्गका उत्तरी क्षेत्रमा ९ सय घरधुरी बराबर एक घर धुरीका किसानले मात्र हल गोरु पालेका छन्। राजमार्ग दक्षिणमा प्रति एक हजार घर धुरी मध्ये एक घर धुरीका किसानले मात्र रागाँ वा गोरु पाल्ने गरेको प्रराम्भिक अनुमान छ।
झापा जिल्लामा धान सुपरजोन कार्यक्रम सञ्चालन भए पश्चात धान उत्पादनमा ह्वात्तै बृद्धि भएको छ। सुपरजोन बिस्तार भएपछि जिल्लाका किसानले कस्टम हायरिङ, पोस्ट हार्भेस्ट, साना सिँचाइ, सौर्य सिँचाइ, प्राविधिक सहयोग, धान रोप्ने, मल छर्ने, धान गोड्ने, धान काट्ने मेसिन, ट्याक्टर, माटो सुधारलगायत विभिन्न उपकरण तथा समाग्रीहरु ५० प्रतिशत अनुदानमा पाउँछन्। छिटो र सजिला उपकरण तर्पm कृषक आकर्षिक हुन थालेपछि पनि धान उत्पादनमा बृद्धि भएको धान सुपरजोन कार्यक्रमका कृषि अधिकृत सागर बिष्ट भन्छन्।
बिष्टका अनुसार गत बर्ष ४.८ टन धान उत्पादकत्व रहेकामा यो बर्ष प्रतिहेक्टर ६.१३६ मेट्रिक टन पुगेको छ। त्यसोत सुपरजोन कार्यान्वयनमा आएपछि ृझापाको बनियानी क्षेत्रमा ६ गुणाले धान उत्पादनमा बृद्धि आएको छ।
‘मेरा घरमा ५ हल राँगा थिए। ८ बिगाहा खेती थियो’ – बनियानिकै अर्का कृषक लक्ष्मण घिमिरे भन्छन् – तर ‘खेती गर्यो खेतीबाट आएको पैसा तिनै राँगालाई नै बढी खर्च गर्नु पर्ने हुन्थ्यो। ५ हल राँगाले खाने खान्की कति हुन्थ्यो कति हिसाब नै थिएन। त्यो भन्दा अहिले ट्रयाक्टर लगाउँदा खर्च त कता हो कता कम भएको छ।’
झापा जिल्लाको कुल ९८ हजार ७ सय १६ हजार खेती योग्य जमिन मध्ये करिब ९० हजार हेक्टरमा धान खेती हुदै आएको छ। गोरु र राँगा पालेर खेति गरिँदा देखिनै धान उत्पादनकालागि अब्बल मानिएको झापा आधुनिक प्रविधि प्रयोग गरे पछि झनै जिल्लामा प्रतिहेक्टर ४ दशमलब ८ मेट्रिक टन धान उत्पादन हुदै आएको छ। झापा जिल्लामा उत्पादन भएको धानले आन्तरिक मागलाई धानेर अन्य प्रदेशमा समेत निर्यात हुने गरेको पाईन्छ।