प्वाँखको गहना तिलहरी चरो

प्वाँखको गहना तिलहरी चरो

प्रायजसो तिलहरी चराको भालेभन्दा पोथीको तौल केही बढी हुने गरेको पाइन्छ। माथिल्लो भाग परेवाकोजस्तो फुस्रो भए पनि मुनिपट्टिको भाग सेतो हुने यस चराको खुट्टा पातलो र लामो हुन्छ।


दोलखा : कुनै पोख्त तथा अत्यन्त अनुभवी ड्रेस डिजाइनरले डिजाइन गरेर पहिर्‍याए जस्तै प्वाँखको पहिरनले हेरी रहुँ जस्तै हुन्छ तिलहरी चरो। घाँटीको मुनि, अगाडिपट्टि कालो घुमेको रेखा भएको र सो रेखालाई हेर्दा महिलाले तिलहरी लगाएको जस्तै देखिने भएका कारण यसलाई नेपालीमा तिलहरी चरा नाम दिइएको छ। अंग्रेजीमा तिलहरी चरालाई इबिसविल भनिन्छ। अंग्रेजीमा विल भन्नाले चराको चुच्चोलाई पनि जनाउँछ। यसको नाम इबिसविल राख्नुको कारण यसको लामो, रातो रङको तलतिर घुमेको चुच्चो अथवा विलको कारण यसको नाम इबिसविल राखिएको मानिन्छ।

वैज्ञानिकले तिलहरी चरोलाई इबिडोरिन्चा स्ट्रुथेर्सी नाम दिएका छन्। नेपालको गौरीशंकर संरक्षण क्षेत्रमा मात्र पाइने तिलहरी चरो गौरीशंकर गाउँपालिका– ९, रोल्वालिङ हिमशृंखलाको च्छोरोल्पा क्षेत्रदेखि तामाकोसी नदीको आसपासको क्षेत्रमा पनि देखिएको बताइएको छ। यस चरासम्बन्धी राज्य तथा अन्य निकायबाट ठोस अध्ययन तथा अनुसन्धान नभएका कारण संख्या भने हालसम्म यकिन हुन नसकेको गौरीशंकर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाह बताउँछन्।

नेपालबाहेक विश्वको चीन, भारत, म्यानमार, पाकिस्तान, काजकिस्तान, ताजकिस्तान, तुर्कमेनिस्तान, किर्गिस्तान, अफगानिस्तान र रसियामा तिलहरी चरोको पहिचान भएको चरासम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय संघसंस्थाहरूले विभिन्न प्रतिवेदनहरूमा उल्लेख गरेका छन्।

प्रायजसो नदी र तालतलैयाको नजिक बासस्थान रहने यस चराले नदी र तालतलैयामा रहेका ढुंगामुनिको लेऊ, हिलो र बालुवामुनि लामो चुच्चाको सहायताले आहारा खोज्ने गर्दछ। यस चराको अहिलेसम्म तथ्यांकअनुसार वयस्कको शरीरको लम्बाइ ३८ देखि ४१ सेन्टिमिटर लामो हुन्छ भने तौल २७० देखि ३२० ग्रामसम्म हुने गरेको पाइएको छ। प्रायजसो तिलहरी चराको भालेभन्दा पोथीको तौल केही बढी हुने गरेको पाइन्छ। माथिल्लो भाग परेवाकोजस्तो फुस्रो भए पनि मुनिपट्टिको भाग सेतो हुने यस चराको खुट्टा पातलो र लामो हुन्छ।

उमेरअनुसार खुट्टाको रङ फरक हुने यस चराको खुट्टा अल्पवयस्क अवस्थामा हलुका फुस्रो रङको हुन्छ। प्रजनन उमेर नपुगेको अवस्थामा चरोको खुट्टा हरियो हुन्छ भने वयस्क र प्रजनन हुने अवस्थामा रातो रङको हुन्छ। खुट्टामा तीन ओटा नंग्रा हुने र सबै नंग्रा अगाडि फर्किएको हुन्छ। यसको चुच्चो ६ देखि ८ सेन्टिमिटर लामो हुन्छ। पोथीको चुच्चो भालेको भन्दा केही लामो हुन्छ।

भुइँमा गुँड बनाउने तिलहरी चरोले दुईदेखि चार वटा अन्डा पार्ने गरेको पाइएको छ। चरासम्बन्धी वकालत गर्ने विश्वकै सबैभन्दा ठूलोमध्येको नेटवर्क प्रकृतिको संरक्षणको लागि अन्तर्राष्ट्रिय संघ (आईयूसीएन) को अनुसार एक सय मिटरदेखि ४४ सय मिटरसम्मको उचाइमा तिलहरी चरो पाइने भनेर दस्तावेज प्रकाशित गरेको छ।

प्रायः एक्लै वा जोडीसँग हुन सक्ने यो चरो कहिलेकाहीँ पाँचदेखि आठसम्मको झुन्डमा पनि देखिने गरेको पाइन्छ। उड्दा खुट्टा पछाडि तन्काउने र घाँटी तथा टाउको सीधा राख्ने तिलहरी चरोले हाँसको जस्तो पौडी खेल्ने वा पानीमा तहिरिएर पनि बस्न सक्छ।

अन्तर्राष्ट्रिय नेटवर्क आईयूसीएनले रेड लिस्ट अफ थ्रिटेन्ड २०१६ दस्तावेज प्रकाशित गरी तिलहरी चरोलाई लोप हुने खतराको सूचीमा सूचीकृत गरेको थियो। नेपालले भने जोखिमको मात्र सूचीमा सूचीकृत गरेको पाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.