प्रहरीमाथि आरोपित संरक्षणको आरोप

प्रहरीमाथि आरोपित संरक्षणको आरोप

विराटनगर : मोरङमा ज्यान मुद्दामा फरार तीन वडाध्यक्षलाई प्रहरीले नै संरक्षण दिएको आरोप मृतकका आफन्तले लगाएका छन्। विराटनगर १४ का समानन्द यादवको हत्या आरोप लागेका विराटनगर महानगरपालिकाका दुई र जहदा गाउँपालिका एक वडा अध्यक्षलाई प्रहरीले प्रक्राउ गर्न आनाकानी गरेको आफन्तको दाबी छ।

विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै मृतकका आफन्तले छोराले बिहे नगरेको भन्दै वडाध्यक्षको रहोबरमा कुटपिटपछि उपचारका क्रममा यादवको मृत्यु भएको र लगत्तै वाडाध्यक्षनै फरार हुँदा समेत प्रहरीले गम्भीर रूपमा नलिएको बताए। मृतकका छोरा राजेश यादवले वडाध्यक्ष बलदेव यादव गाउँमा आएको बेला प्रहरीलाई खबर गर्दासमेत प्रहरी ढिलो आउने गरेको बताए। ‘हेर्नासाथ प्रहरीलाई खबर गर्छु। तर प्रहरी ढिलो आउने गरेको छ। प्रहरीले नै भगाएर मात्र प्रहरी गाउँमा आउने गरेको प्रस्ट हुन्छ,’ उनले भने।

मृतक यादवकी पत्नी कञ्जुलादेवी यादवले श्रीमान्को हत्या गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताइन्। ‘मेरा श्रीमान् मार्नेलाई कानुनी कारबाही होस्, या त श्रीमान् दियोस्। अहिलेसम्म प्रहरी प्रशासनले न्याय दिन सकेको छैन,’ उनले भनिन्। छोरा राजेशले कुटपिटपछि बुवाको उपचारमा १२ लाख खर्च गरे पनि बचाउन नसकेको बताए।

१५ दिन सम्ममा पनि एक जनालाई पक्राउ नगर्दा आफूहरू अन्यायनमा पर्ने हो की भन्ने चिन्ताले सताउने गरेको उनको गुनासो छ। तीन वडा अध्यक्षसहित आठ जना आरोपिलाई १५ दिन बित्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।

विराटनगर महानगरपालिका १४ का वडाध्यक्ष वलदेव यादव, १८ का अध्यक्ष सञ्जय शाह र जहदा गाउँपालिका १ नम्बर वडध्यक्ष प्रदीपचन्द यादवसहित ८ जना फरार छन्। फरार हुने अन्यमा रविशंकर यादव, विजय यादव, दिनेश यादव, भोला यादव, दीपेश शाह छन्। तीनै जना वडाध्यक्ष समाजवादी पार्टीबाट बिजयी भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.