दुई पाङग्रे चालक अनुमति पत्र लिने बढे

दुई पाङग्रे चालक अनुमति पत्र लिने बढे

धनगढी : पछिल्लो समय यातायात व्यवस्था कार्यालय धनगढीमा हप्तेपिच्छे दुई पाङग्रे सवारी चालक अनुमति आवेदन खुल्ने गरेको छ। तर, चालक अनुमति पत्र लिनेको संख्यामा भने कमी देखिदैन। 

दुई पाङग्रे सवारी (मोटरसाइकल) अनुमतिपत्र लिनका लागि धनगढी उपमहानगरपालिका-३ फाप्लामा बिहानैदेखि कैलाली लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाका स्थानीय लाम लाग्ने गर्दछन्।

बिहानै लाइमा भेटिएका कैलालीका घोडाघोडी नगरपालिका-८ दिपनगरका विपन चौधरीले रहरले बाइक किनेको बताए। 'साथीहरु बाइकमा चढेको देख्दा किन्ने रहर लाग्यो,'उनले भने।' बाइक किनेपछि चालक अनुमति पत्र पनि आवश्यक परेकाले ट्रायल दिन आएको हुँ।'

 
धनगढीमा असार ७ देखि दुई ट्रायल चलिरहेको छ। गोदावरी नगरपालिका-३ का सुमन साउँद पेशाले व्यवसायी हुन्। उनलाई धेरै दौडधुप गर्नुपर्ने भएकाले बाइक किनुपर्ने बाध्यता छ।'५ वर्षदेखि तरकारी व्यवसायी गर्दै आएको छु, उनले भने,' तरकारी लिन टाढाटाढा जानुपर्दा बाध्य भएर मोटरसाइकल किनेको हुँ।'

कार्यालयका निमित्त प्रमुख गम्भीरसिंह विष्टले स्मार्ट लाइसेन्स लागु भएदेखि हालसम्म ३२ हजार सवारी चालकले लाइसेन्सका लागि आवेदन दिएको बताए। त्यसमध्ये आव ०७५ र ७६ नयाँ, थप र नवीकरण, प्रतिलिपिलगायत १७ हजार ६ सय १९ ले स्मार्ट लाइसेन्सका लागि आवेदन दिएका छन्। 

आर्थिक वर्ष २०७५÷०७६ मा १४ हजार जनाले दुईपांग्रे सवारी अनुमतिका लागि आवेदन दिएको उनले बताए। 'बर्सेनि सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या बढ्दै गएको छ,' विष्टले भने, 'हालसम्म १२ हजारले स्मार्ट लाइसेन्स बुझिसकेका छन्।'

दुई वर्ष पहिले सवारी चालक अनुमतिपत्रका लागि चालकले ३ र ४ महिना कुर्नुपर्ने अवस्था थियो। हाल हरेक साता ४ दिन (आइतबार, सोमबार, मंगलबार र बुधबार) अनलाइनबाटै फाराम भर्न पाइने भएपछि यो संख्या झनै बढेको उनको भनाई छ।

विष्टले चालकले जुनसुकै ठाउँबाट पनि आवेदन दिन मिल्ने र छिटै लिखित र ट्रायल परीक्षा हुन थालेपछि अनुमतिपत्र लिनेको संख्या बढेको बताए। कार्यालयमा साढे ९ हजारको हाराहारीमा दुईपांग्रे सवारी साधन (मोटरसाइकल र स्कुटी) दर्ता भएका छन्।

हरेक साता चालक अनुमतिपत्रका लागि आवेदन खुले पनि हरेकपटक एकनासै घुइँचो हुन्छ। निमित्त प्रमुख विष्टले भने, 'हाल महिनामा १ हजारदेखि १५ सय दुईपांग्रे सवारी दर्ता हुन्छन्। एउटै कम्पनीका बाइक र स्कुटी ५ सयको हाराहरीमा आइदिन्छन्। ती सबैलाई सवारी चालक अनुमतिपत्र चाहिन्छ।'

यातायात व्यवस्था कार्यालय कैलालीले बर्सेनि २ पांग्रे सवारी चालक अनुमतिपत्र लिनेको संख्या बढेको जनाएको छ।पछिल्लो समय पहाडी जिल्ला र सहरबजारमा मोटरसाइकल घरघरमा अनिवार्य जस्तै भएपछि संख्या बढ्दै गएको हो।

असार १ गते सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा सार्वजनिक गरेको बजेट वक्तव्य अनुसार प्रदेशमा बसोबास गर्ने ठूलो जनसंख्या अझै पनि निरपेक्ष गरीबीको रेखामुनि रहे पनि विलासाका साधनको प्रयोग पनि बढ्दै गएको छ।

सो वक्तव्य अनुसार निरपेक्ष गरीबीको रेखामुनि ३३ दशमलव ९ प्रतिशत, आय असमानताको मापक जिनी गुणक ० दशमलव ३३, बेरोजगारी दर ११ दशमलव ५ प्रतिशत र प्रदेशमा कूल जनसंख्या र रोजगारीको अनुपात २४ दशमलव १ रहेको छ भने साक्षरता प्रतिशत ६२ दशमलव ८ मात्रै रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.