भक्तपुर बारको अध्यक्षमा प्रधान

भक्तपुर बारको अध्यक्षमा प्रधान

भक्तपुर  : नेपाल बार एसोसियसन भक्तपुर जिल्लाको अध्यक्षमा रवीन्द्र प्रधान निर्वाचित भएका छन्।भक्तपुर बारको शनिबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस समर्थित प्रधानले नेतृत्व गरेको लोकतान्त्रिक समूहले प्यानलै जितेको हो।

निर्वाचनमा कांग्रेससँगै सत्तारुढ नेकपा र नेमकिपा समर्थित कानुन व्यवसायीले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दिएका थिए ।कांग्रेस र नेकपा समर्थित कानुन व्यवसायीले पाँच पदाधिकारी, एक महिला सदस्य तथा सात खुला सदस्य र नौ पार्षद्को निर्वाचनमा पुरै उम्मेदवारी दिएको थियो।

नेमकिपाले भने अध्यक्ष दुई खुला सदस्य र एक पार्षद् गरी चारजनामात्रै उम्मेदवार बनाएको थियो। निर्वाचनमा अध्यक्ष पदमा तीनजना उम्मेदवार थिए। जसमा प्रधान अत्यधिक मत ल्याएर विजयी भएका हुन्।

निर्वाचित प्रधानले ९५ मत ल्याउँदा सत्तारुढ नेकपाका समर्थित रामभक्त सुवालले ४१ र नेपाल मजदुर किसान पार्टी समर्थित राधेश्याम सुवालले १५ मत ल्याए।त्यस्तै, उपाध्यक्षमा रामसुन्दर खाइतू ११३ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्वन्द्वी नेकपाका रमेश खनालले ३८ मत प्राप्त गरे।

सचिवमा प्रदीप कार्कीले १०७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी रितबहादुर जमरकट्टेलले ४२ मत प्राप्त गरे । सहसचिवमा गीता तिम्सिना ९६ मतले विजयी हुँदा उनका प्रतिद्वन्द्वी अञ्जना बासुकलाले ५३ मत ल्याइन्।

त्यस्तै कोषाध्यक्षमा सरोजकुमार तुंछेले १०१ मत पाउँदा उनका प्रतिद्वन्द्वी विकास त्वंजूले ५० मत ल्याए।महिला सदस्यमा राधिका गोसाईं र अन्य सदस्यहरूमा कृष्णभक्त श्रेष्ठ, रीता खत्री कार्की, राजाराम खत्री, सुमन श्रेष्ठ, अनिश सुवाल, कल्पना कोजू र शेषांश गिरी निर्वाचित भए।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत गजेन्द्रशंकर तिमिलाका अनुसार पार्षद् शशिचन्द्र मिश्र, हरि राउत, धर्मरत्न खाइतू, देवेन्द्र श्रेष्ठ, कमलराज थापा, प्रियकुमार थापा, सज्जन प्रधान, घनश्याम जोशी र शिवप्रसाद लागे निर्वाचित भएको जानकारी दिए।

उनका अनुसार भक्तपुर बारका एकसय ७० जना सदस्य रहेका छन्।नवनिर्वाचित भक्तपुर बार अध्यक्ष प्रधानले बारलाई सम्पूर्ण कानुन व्यवसायीको साझा संस्थाको रुपमा अघि बढाउने वचन दिए।उनले कानुन व्यवसायीको क्षमता अभिवृद्धि र व्यवसायिक दक्षता बढाउने काम गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.