बाढीपीडितलाई कांग्रेस सांसदले दिए पाँच दिनको तलब

बाढीपीडितलाई कांग्रेस सांसदले दिए पाँच दिनको तलब

हेटौंडा : नेपाली कांग्रेस प्रदेश–३ का प्रदेशसभा सदस्यले आफ्नो पाँच दिनको पारिश्रमिक दिएका छन्। मुख्यमन्त्री डोरमणि पौडेललाई २१ कांग्रेसका प्रदेशसभा सदस्यको ५ दिनको पारिश्रमिक एक लाख ६० हजार रुपैयाँको चेक आइतबार हस्तान्तरण गरिएको हो।

 
रकम प्रदेश विपद व्यवस्थापनमा कोषमा जम्मा गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ। नेपाली कांग्रेसले ३ नम्बर प्रदेश सरकारले बाढी र पहिरोबाट मृत्यु भएका परिवारलाई राहत एक लाख रुपैयाँ उपलब्ध गराउने भनेकोमा ३ लाख रुपैयाँ उपलब्ध गराउन माग गरेको छ।

'‘प्रदेश सरकारले दिने १ लाख रुपैयाँ न्युन भएकाले ३ लाख रुपैयाँसम्म नगद उपलब्ध गराउन माग गर्दछौं’, नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलकी पमुख सचेतक राधा घलेले भनिन्, ‘बाढीपहिरो र डुवानका कारण पूर्ण  र आंशिक क्षति भएका परिवारलाई तत्काल राहत, पुर्नस्थापनाको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छौं।’  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.