एक लाख ३० हजार घुससहित एकै कार्यालयका चार कर्मचारी पक्राउ
काठमाडौं : जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य सहित चारजना घुस रकमसहित पक्राउ परेका छन् ।
उनीहरुलाई एक लाख तीस हजार घुससहित अख्तियारले रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख आचार्यसहित स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा, हलुका सवारी चालक भवदत्त जैसी छन् ।