तामाकोशी तेस्रोको क्षमता घटाएपछि स्थानीय आक्रोशित

तामाकोशी तेस्रोको क्षमता घटाएपछि स्थानीय आक्रोशित

दोलखा : उर्जा मन्त्रालयमा ६ सय ५० मेगावाट क्षमताको तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको क्षमता घटाएर २ सय मेगावाटमा विद्युत उत्पादन गर्ने सम्झौता सार्वजनिक भएपछि दोलखावासी आक्रोशित भएका छन्। उर्जा मन्त्रालयले बिहीबार दोलखामा निर्माण हुने आयोजनाको ६ सय ५० मेगावाटबाट दुई सय मेगावाट बनाउने निर्णय गरेको थियो।

मन्त्रालयमा गैरआवासीय नेपाली भवन भट्टको कम्पनी टिविआई होल्डिङ् र दुई चिनियाँ कम्पनी वाईआइजी इन्टरनेशल तथा सांघाई इन्भेष्टमेन्ट डिजाइन एन्ड रिसर्च इन्ष्टिच्युटसँग जोइन्टभन्चर डेभलपमेन्ट फ्रेमवर्क अन्तर्गत काम गर्ने सम्झौतामा हस्ताक्षर भएपछि दोलखाका जनप्रतिनि, राजनीतिक दल, व्यावसायी र तामाकोशी तेस्रो सरोकार समिति लगायतले क्षमता घटाउने निर्णयको विरोध गर्दै आन्दोलन गर्ने चेनावनी दिएका छन्।

नेपाली कांग्रेस दोलखाले विज्ञप्ति जारी गर्दै तीन वर्षअघि नै ६५० मेगावाट क्षमतामा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भइसकेको आयोजनाको क्षमता घटाउँदै कमिसनको लोभमा आयोजना बेचिएको आरोप लगाएको छ। क्षमता घटाई आयोजना बनाउने निर्णय तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रने विज्ञप्तिमार्फत चेतावनी दिएको छ।

जिल्ला समन्वय समितिका संयोजक डबल पाण्डेले दोलखाको समग्र विकासमा महत्वपूर्र्ण भूमिका खेल्ने आयोजनाको क्षमता घटाउने निर्णय खारेज गर्नुपर्ने माग गरे। भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले उर्जा मन्त्रालयले गुपचुपमा आयोजनाको क्षमता घटाउनु निन्दनीय भएको बताउँदै दुई सय मेगावाट क्षमतामा नै तामाकोशी तेस्रो बन्न दोलखाली जनताले कुनै पनि हालतमा नदिने बताए।

तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले विकासका काममा दोलखा कहिल्यै विभाजित नभएको बताउँदै तामाकोशी तेस्रो जस्तो बहुउपयोगी आयोजना क्षमता घटाएर बनाउन नदिने चेतावनी दिए। आइतबार तामाकोशी तेस्रो सरोकार समितिले पनि पत्रकार सम्मेलन गरी आयोजनाको क्षमता घटाउने निर्णय सच्याउन माग गरेको छ। जबरजस्ती दुई सय मेगावाटको आयोजना बनाउन खोजे जनस्तरबाट नै प्रतिरोध गर्ने सरोकार सममितिका संयोजक शिवप्रसाद भण्डारीले चेतावनी दिए।

विगतमा नर्वेजियन कम्पनी स्ट्याटक्राफ्ट नरकन्सल्टले ६ सय ५० मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्ने गरी डीपीआरसमेत तयार गरिसकेकोमा लगानी बोर्डसँगको असमझदारीले तीन वर्ष अघिदेखि अलपत्र परेको थियो। स्टयाटक्राफ्ट नरकन्सल्टले तयार गरेको डिपीआर अनुसार ६ सय ५० मेगावाटको आयोजना निर्माण गर्न एक खर्ब ३० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।

स्ट्याटक्राफ्टले आयोजना नबनाउने भएपछि भवन भट्टको टिवीआई होल्डिङ कम्पनीलाई क्षमता घटाएर तीन सय ५ मेगावाट विद्युत् उत्पादन गर्नेगरी तामाकोशी तेस्रो जलविद्युत आयोजनाको सर्वेक्षण लाइसेन्स दिएको थियो। सर्वेक्षण लाइसेन्स लिएभन्दा पनि कम दुई सय मेगावाटको आयोजना बनाउन अनुमति दिनुले उर्जा मन्त्रालय नै शंकाको घेरामा परेको दोलखाका जनप्रतिनिधिले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.