एक हप्तापछि सुनको भाउ बढ्यो

एक हप्तापछि सुनको भाउ बढ्यो

काठमाडौं : एक हप्तादेखि स्थिर रहेको सुनको भाउमा सामान्य वृद्धि भएको छ।आइतबारसम्म तोलाको ६५ हजारमा कारोबार भएको सुन सोमबार २ सयले बढेर ६५ हजार २ रुपैयाँमा कारोबार भएको थियो। मंगलबार पनि सुन तोलाको ६५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुनमा पनि सामान्य वृद्धि भएको छ।आइतबार ६४ हजार ५ सयमा कारोबार भएको तेजाबी सुन सोमबार ६४ हजार ९सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार पनि तेजावी सुन सोही मूल्यमा कारोबार भइराखेको छ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ।आइतबार तोलाको ७७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार र मंगलबार सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.