स्याङ्जामा सबैभन्दा धेरै आत्महत्याका मुद्दा

स्याङ्जामा सबैभन्दा धेरै आत्महत्याका मुद्दा

स्याङ्जा : प्रहरी कार्यालयमा दर्ता भएका मध्ये स्याङजामा आत्महत्या सम्बन्धी मुद्दा सबैभन्दा धेरै देखिएको छ । आर्थिक बर्ष २०७५/०७६ मा ४९ पुरुष र ४० जना महिला गरी ८९ जनाले आत्महत्या गरेका छन् । ती मध्ये १६ वर्षभन्दा कम उमेरका २ बालक र ६ बालिका रहेको प्रहरीले जनाएको छ । यसमध्ये झुण्डिएर आत्महत्या गर्नेको संख्या धेरै छ । त्यसपछि विषसेवन र हामफालेर आत्महत्या गर्ने देखिएका छन । 

आर्थिक वर्ष २०७५÷७६ मा जिल्ला प्रहरी कार्यालयले विभिन्न २९ शीर्षकमा ३२९ वटा मुद्दा दर्ता भएको जनाएको छ । वार्षिक प्रगतिका बारेमा जानाकारी दिने उदेश्यले आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक नबिनकृष्ण भण्डारीले दर्ता भएका मुद्दामा नैतिकता विरुद्धको कसुरमा ५३, भवितब्य ज्यानमा २८, फुटकर ज्यान २३, जबरजस्ती करणी २०, लागु औषध १८, बहुविवाह १२, सार्वजनिक शान्ति बिरुद्धको कसुर ८ लगायत रहेको जानकारी गराए । मुद्दामा आरोपी २६९ पुरुष, १७ महिला र ६ विदेशी पुरुष गरी २ सय ९२ जना पक्राउ परेका छन् । यसैगरी, ५६ पुरुष र ७ महिला गरी ६३ भने फरार छन् । 

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रमुख राजकुमार लम्सालले जिल्लाको शान्ति सुरक्षा कायम गर्दै बढ्दो आत्महत्याका घटनालाई नियन्त्रण गर्न समुदायदमा जनचेतना, शिक्षा र रोजगारलाई ध्यान दिनुपर्नेमा जोड दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.