१० तोला सुनसहित पक्राउ

१० तोला सुनसहित पक्राउ

नुवाकोट : गोसाइकुण्ड गाउँपालिका-२ स्थित टिमुरेमा १० तोला सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नियमित चेकजाँचको क्रममा १०२.४९ ग्राम सुनसहित रसुवाका नेमाकर्मा लोप्चनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

सुन लिएर टिमुरेबाट स्याफ्रुवेशीतर्फ जाँदै गरेका रसुवा कालिका गापा-२ का २८ वर्षीय लोप्चनलाई १० तोला अवैध सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए। 

शरीरमा लुकाइराखेको १०२.४९ ग्राम अर्थात् पाँच लाख ७१ हजार रुपैयाँ बराबरको आठ दशमलब ७९ तोला बराबरको सुनको बेरुवा औंठी तीन थान बरामद गरेको हो।

सुनसहित उनलाई राजस्व अनुसन्धान विभाग काठमाडौं पठाइएको प्रहरी निरीक्षक भण्डारीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.