सन्तानकै शिकार बन्दै बाआमा

सन्तानकै शिकार बन्दै बाआमा

धनगढी : आफू अभावमा बाँचेर सन्तानका लागि दिन रात नभनी दुःख गर्ने बाआमालाई वृद्धाश्रममा पुर्याउनु सामान्यजस्तो भइरहेका बेला पछिल्ला दिनमा बाबुआमाहरू सन्तानकै शिकार हुन थालेका छन्। 

सुदूरपश्चिमको राजधानी कैलालीमा २०७५ भदौ यतामात्रै ६ बाबुआमाको आफ्नै सन्तानबाट हत्या भएको छ। साउनमा मात्रै कैलालीमा तीनजना बाआमाको सन्तानबाट हत्या भएको छ। 

कैलालीको घोडाघोडी नगरपालिकाका वडा नम्बर ११ सिसैयाका ५५ वर्षीय उदय रावतले आफ्ना आमा बुवाको हँसिया प्रयोग गरेर हत्या गरे। साउन ६ गते राति १२ बजे मदिरा खाएर लठ्ठ भएका उदयले ७५ वर्षीय बुवा काल्चे रावत र ७० वर्षीया आमा नन्दा रावतको हत्या गरेका हुन्।

काल्चेको घटनास्थलमै ज्यान गयो भने घाइते पतिलाई बचाउन गएकी नन्दा छोराको प्रहारबाट गम्भीर घाइते भइन्। उनको अत्यधिक रगत बगेर उपचारका क्रममा मृत्यु भयो। 

सम्पत्ति विवादका कारण उनले बाबुआमाको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। काल्चेलाई प्रहरीले सोही राति ३ बजे पक्राउ गरेर कर्तब्य ज्यानमा मुद्धा चलाइरहेको छ। 

२०७५ मंसिर ३१ गते कैलालीको लम्की चुहा नगरपालिका ४ बलियामा छोराले बाबु र ठूलाबाबुको हत्या गरे। आमालाई गम्भीर घाइते बनाए। २१ वर्षीय जहरसिंह चौधरीले ५५ वर्षीय बुवा चक्र चौधरी र ६० वर्षीय ठूलोबुवा पल्टु चौधरीलाई चिर्पटले हानेर हत्या गरेका थिए। यो घटनामा पनि अंशवन्डकै विवाद कारक देखिएको हो। बुबा र ठूलाबुबाले भने अनुसार सम्पत्ति दिन नमानेपछि जहर सिंहले दुबैलाई चिर्पट प्रहार गरी ज्यान लिएका थिए। 

चिर्पट प्रहारबाट घाइते भएका उनीहरूलाई बचाउन गएकी जहर सिंहकी ५० वर्षीया आमा दिलबहादी चौधरी पनि घाइते भइन्। उनी उपचारपछि घर फर्किएकी छन्। र, जहर सिंहलाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ। 

साउन १२ गते राति कैलालीको गोदावरी नगरपालिका ५ बरबट्टामा छोराले चिर्पटले हानेर बुवाको हत्या गरे। अंशवन्डाको विवादमा ३० वर्षीय रामबहादुर कुमालले चिर्पटले हानेर बुवाको हत्या गरेका हुन्।

चिर्पट प्रहारबाट रामबहादुरका बुवा ६० वर्षीय अम्मरसिंह कुमालको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चिर्पट प्रहारबाट गम्भीर घाइते अम्मरसिंह कुमालको आइतबार रातिदेखि सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। 

ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले हत्या गरी फरार रहेका छोरा रामसिंह कुमाललाई पक्राउ गरेको छ। रामबहादुरले पनि भागहिस्सामा चित्त नबुझेपछि बुबालाई चिर्पट हानेर हत्या गरेका हुन्। 

२०७५ असोज ६ गते टिकापुर नगरपालिका–कालिमाटिमा बुबाले छोराको हत्या गरेका छन्। ८३ वर्षीय पहले लुहारले धारिलो हतियार प्रयोग गरी ५२ वर्षीय कृते लुहारको हत्या गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार कैलालीमा एक वर्षमा परिवारका सदस्यबाटै ९ जनाको हत्या भएको छ। छोराले आमा–बुबा, श्रीमानले श्रीमती र श्रीमतीले श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ। 

कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले अंशवण्डा, मादक पदार्थ सेवन र रिसको आवेगमा आफ्नै परिवार तथा आमा–बुबाको हत्या गर्ने क्रम बढेको जानकारी दिए।‘आफूले हुर्काएको छोराले नै हत्या गर्ने घट्ना बढ्दै छन्’ प्रहरी उपरीक्षक सुदिप गिरी प्रश्न गर्दै भन्छन्, ‘समाज कता जाँदै छ ?’ समाजमा प्रविधिको विकाससँगै डर लाग्दा घटना पनि भइरहेको उनको बुझाइ छ ।  

समाजा आएको विचलनले गर्दा छोराले बाबु–आमाको हत्या गरिरहेको कैलाली बहुमुखी क्याम्पसमा सह–प्राध्यापक तिलख वमको भनाइ छ । ‘समाज एक सिकाइ गर्ने थलो हो’ उनले भने, ‘सामाजिक विचलनको असमनताले गर्दा यस प्रकारका घटना भइरहेका छन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.