साढे १६ भन्दा कम व्याजदर बनाए सहकारी समस्यामा पर्छन् : बडाल
काठमाडौं : राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रशाद बडालले सहकारीको सन्दर्भ व्याजदर साढे १६ प्रतिशतभन्दा कम बनाउन नहुने बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाजले मंगलबार राजधानीमा आयोजना गरेको ‘सहकारीको सन्दर्भ ब्याजदर निर्धारण’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष बडालले सहकारीको सन्दर्भ व्याजदर साढे १६ प्रतिशतभन्दा कम निर्धारण भए सहकारी मर्कामा पर्ने दाबी गरे ।
कतिपय सहकारी बैंकिङ प्रणालीमा जान खोजेको चर्चा गर्दै अध्यक्ष बडालले त्यस्ता सहकारीलाई सिद्वान्तमै बस्न निर्देशन दिए । ‘सिद्दान्त र मर्मभन्दा दायाँबायाँ जान कसैलाई अधिकार छैन्’ उनले भने ।