आजको मौसम : मेघगर्जनसहित वर्षा हुने
काठमाडौं : निरन्तर वर्षाका कारण बाढी पहिरोले त्रसित जनजीवन सामान्य बन्दै गएको छ। केहि दिनदेखि मनसुनी गतिविधि सक्रिय हुने क्रम विस्तारै कम हुँदै गएको छ। मनसुनको न्यून चापिय रेखा नेपालको तराई भु-भागभन्दा दक्षिणतिर रहेकोले मनसुन गतिविधि कमजोर हुँदा वर्षा कम हुने मौसमविद्ले बताएका छन्।
बुधबार देशभर सामान्य बदली रहि केहि स्थानमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सामान्य बदली भएर देशका केहि स्थानमा वर्षा भइरहेको छ।
राति पनि देशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।