पतिले तीन तलाक दिएपछि आत्महत्या प्रयास

पतिले तीन तलाक दिएपछि आत्महत्या प्रयास

काठमाडौं : भारतीय संसदको माथिल्लो सदन राज्यसभाले मंगरबार मात्रै 'तीन तलाक' विधेयक पारित गरेको छ। सो विधेयक अनुसार मुस्लिम समुदायका पुरुषले श्रीमतीलाई तीन तलाक दिएमा सो अपराध ठहर्छ। राज्यसभाले तीन तलाक विधेयक पारित गरेको अघिल्लो दिन भारतकै एक महिलाले तीन तलाकको विषयलाई लिएर आत्महत्याको प्रयास गरेको समाचार आएको छ।

भारतीय समाचारमाध्यममा आएको खबरअनुसार भारतको अहमदावादकी एक मुस्लिम महिलाले आत्महत्याको प्रयास गरेकी हुन्। समाचारमा बताइए अनुसार ती महिलाका श्रीमानले तीन तलाक दिएका थिए। श्रीमानले तीन तलाक दिएपछि उनले आत्महत्याको प्रयास गरेकी थिइन्।

उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि अहमदाबादको एक अस्पतालमा भर्ना गरिएको छ।ती महिलाले पति र परिवारका सदस्यविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन्।प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

लामो संघर्षपछि भारतको राज्यसभामा तीन तलाक विधेयक पास भएको हो।त्यहाँको लोकसभाले यो विधेयक एक वर्ष पहिले नै पास गरेको थियो। अब भारतीय राष्ट्रपतिबाट अनुमोदन भएपछि उक्त विधेयकले कानुनको मान्यता पाउनेछ। केन्द्र सरकारले २१ फेब्रुअरीदेखि अध्यादेश जारी गर्दै तीन तलाक विधेयकलाई मान्यता दिएको थियो।

उक्त विधेयकले कानुनी मान्यता पाएपछि तीन तलाक दिनेलाई ३ वर्षको कैद सजाय हुनेछ।अब पतिले तीन तलाक दिएमा पत्नीले पतिविरुद्ध उजुरी दिनसक्नेछन्। 


तीन तलाक कानुनले के गर्छ ?

१ मौखिक, लिखित या कुनै माध्यमबाट पतिले पत्नीलाई तीन तलाक दिएमा अपराधसरह मानिने
छ।
२  पतिलाई प्रहरीले गिरफ्तार गर्न सक्छ।

३  ३ वर्ष कैद र जरिवाना हुनसक्छ।सो कुरा मजिस्ट्रेट कोर्टबाट निर्णय हुनेछ।

४  पीडित महिलाको पक्षका कुरा नसुनिकन तीन तलाक दिने पतिलाई मजिस्ट्रेटले जमानत दिँदैन।

५  तीन तलाक दिएपछि पत्नी र बच्चाको भरणपोषणको खर्च पतिले व्यहोर्नुपर्ने हुन्छ।

६  तीन तलाक पछि साना बालबालिकाको रेखदेख गर्ने जिम्मा आमाको हुन्छ। 

७  तीन तलाकको कानुनमा पति-पत्नीबीच सम्झौता गरी पुन: सम्बन्ध कायम राख्ने विकल्प पनि छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.