सिन्धुलीमा महिलाको मृत्यु, हत्या भएको आशंका

सिन्धुलीमा महिलाको मृत्यु, हत्या भएको आशंका

सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ कुण्ड दोभानमा एकल महिलाको हत्या भएको छ। मंगलबार राति घरमा एक्लै भएको अवस्थामा स्थानीय ठाडाबहादुर मोक्तानकी ४८ वर्षीया श्रीमती रानिमायाँ मोक्तानको हत्या भएको गाउँपालिकाका अध्यक्ष कारसाङ लामाले जानकारी दिए। 

मोक्तान बुधबार बिहान अबरेसम्म नउठेपछि स्थानीयले खोजतलास गर्दा घरभित्रै मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनी घरमा एक्लै बस्दै आएकी थिइन्।
‘मृतक मोक्तानको घाँटीमा डोरी कसिएको छ र लगाएको गरगहनापनि सबै लुटिएको छ।’अध्यक्ष लामाले भने, ‘ उनले लगाएको सबै लुगासमेत च्यातिएको छ।’

‘घटनाको प्रकृति हेर्दा हत्या गरिएको प्रस्ट हुन्छ। उनले मृत्यु अघि धेरै प्रतिबाद गरेको जस्तो देखिन्छ। यो हत्यानै भएको हो,’ लामाले थपे।

सिन्धुलीका प्रहरी प्रमुख (एसपी) चक्रबहादुर सिंहका अनुसार घटना शंकास्पद देखिएको छ। घटनास्थलको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय कपिलाकोटको टोली पठाइएको सिंहले जानकारी दिए। ‘घटना हेर्दा हत्या भएको हुन सक्छ। केही मान्छेमाथि शंका पनि गरिएको छ,’ सिंहले भने।

‘मृतकको घाँटीमा लगाएको डोरी छोटो छ। त्यो पनि उनको शव सुत्ने गरेको ठाउँमा छ। झुण्डिएर आत्महत्या गरेको भन्ने कुनै आधार छैन्,’ सिंहले थपे। मृतकका श्रीमान ठाडाबहादुरको करिब १५ वर्ष अघिनै मृत्यु भइसकेको छ भने उनका दुई छोराहरु रोजगारका लागि काठमाडौं बस्दै आएका छन्। बुहारी माइतमा भएको बताइएको छ। मृतक मोक्तान गाउँपालिका अध्यक्ष लामाका काकाका छोरी हुन्। घटनाको थप विवरण आउँन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.