'तीजमा बब्बाल मचाउँछु' भन्दै आइन् प्रजापति
काठमाडौं : सरिता प्रजापति पेशाले नर्सिङ्ग अधिकृत हुन्। प्राय उनी बिरामीको हेरचाहमा व्यस्त हुन्छिन्। पेशासँगै उनी अहिले तीजको माहोल तताउन व्यस्त छिन्। तीजमा डिजे बजाउने प्रजापति गायिका समेत हुन्। उनी विभिन्न पपलोक शैलीका गीतहरु गाउँछिन्। आउँदो तीजलाई लक्षित गरी 'तीजमा बब्बाल मचाउँछु' बोलको गीत लिएर उनी स्रोतामाझ आएकी छिन।
०७१ सालदेखि निरन्तररुपमा तीज गीत निकाल्दै आएकी प्रजापतिले यस पटक पृथक शैली अँगालेको बताउँछिन। उनले भनिन, 'यस वर्ष विदेशमा बसेर आएकी चेलीको तीज पर्वप्रतिको लगाव र रहरलाई प्रस्ततु गरेकी छु।'
उक्त गीतमा दिनेश कँडेलको शब्द रचना र अनिश श्रेष्ठको संगीत रहेको छ। तीज गीतको भीडमा दर्शक स्रोतलाई फरक स्वाद दिने कार्य शब्द र भिडियोमार्फत गरेको प्रजापतिले बताइन्। म्युजिक भिडियोमा गायिका प्रजापतिसँगै एक खुट्टाले नाचेर चर्चा कमाएकी रोमा न्यौपाने, दिपिका कँडेल र सरु पोख्रेल नृत्य एवं अभिनय देख्न सकिन्छ। दिनेश पराजुलीको छायाँकन र सुरेश राउतको सम्पादन रहेको उक्त तीज भिडियोको निर्देशन सुमन सागर जङ्ग केसीले गरेका हुन्।
भिडियो