सिन्धुपाल्चोकमा ७१ हजार घर बने

सिन्धुपाल्चोकमा ७१ हजार घर बने

चौतारा : सिन्धुपाल्चोकमा भूकम्पले पूर्ण क्षति भएका घर पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पछिल्लो चरणमा गुनासोमा नाम संकलन भएका लाभग्राहीबाहेक निजी आवास निर्माण करिब अन्तिम चरणमा पुगेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयको तथ्यांकअनुसार असार मसान्तसम्म ८२ प्रतिशत लाभग्राहीले घर पुनर्निर्माण सम्पन्न गरेका छन्।

अहिलेकै रफ्तामार निर्माण कार्य अघि बढाउँदा दशैंसम्म सबै भूकम्प पीडितहरुको घर निर्माण सकिने पनुर्निर्माण प्राधिकरणले दावी गरेको छ। अनुदानका लागि फाइल आउने क्रम कम भइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइका कृष्ण ज्ञवाली बताउँछन्। ‘धेरै घर बनिसकेकाले पनि होला अनुदानका लागि फाइल ल्याएर आउनेको संख्या कम छ,’ उनले भने।

भूकम्पलगतै गाउँ–गाउँमा खटिएका प्राविधक टोलीले जिल्लामा कुल ८८ हजार २ सय ७३ लाभग्राही भएको तथ्यांक निकालेका थिए। त्यही तथ्यांकको आधरमा पुनर्निर्माण प्राधिकरणले ८६ हजार ४६ लाभग्राहीले निजी आवास पुनर्निर्माणका लागि सम्झौता गरेको थियो।

८६ हजार ४६ लाभग्राहीले पहिलो किस्ताको ५० हजार बुझेका छन्। पहिलो किस्ता लिनेमध्ये ८२ हजारले घर निर्माण सुरु गरेर दोस्रो किस्ताबापत एक लाख लिएका छन्। घर निर्माण सकेर ७१ हजारले अन्तिम किस्ता बुझेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ।

घरको डीपीसी लेभलको काम सकेर दोस्रो किस्ता अनुदान लिन बाँकी चार हजार चार सय ७७ लाभग्राही बाँकी रहेको तथ्यांकमा उल्लेख छ। अन्तिम किस्ता लिन १० हजार बाँकी देखिएको छ। सिन्धुपाल्चोकमा अब करिब ९ हजार मात्रै घर निर्माण हुन बाँकी रहेका छन्। प्राय घर निर्माण भए पनि फाइल र अन्तिम भुक्तानीको प्रक्रिया मात्रै बाँकी रहेको पूर्वाधार कार्यालयले जनाएको छ।

भूकम्पको लाभग्राहीमा परेर पहिलो किस्ता नलिने दुई हजार दुई सय २७ जनालाई प्राधिकरणले लाभग्राही सूचिबाट हटाएको छ। पुनर्निर्माण प्राधिकरणले लाभग्राहीमा परेकालाई असार मसान्तभित्र पहिलो किस्ता लिन आग्रह गरेको थियो। तर प्राधिकरणले तोकेको मितिमा पहिलो किस्ता नलिने लाभग्राहीलाई सूचिबाट हटाएको हो। पुर्ननिर्माण प्राधिकरणको निर्णयअनुसार समय सीमाभित्र पनि पहिलो किस्ता नलिनेलाई हटाइएको कार्यालयका आयोजना प्रमुख लक्ष्मण सेठले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.