दोर्दीखोला बाढी : माथिल्लो दोर्दी 'ए' मा २६ करोड क्षति, मृतक र बेपत्तालाई १० लाख

दोर्दीखोला बाढी : माथिल्लो दोर्दी 'ए' मा २६ करोड क्षति, मृतक र बेपत्तालाई १० लाख

बेंसीसहर : आगामी तीन महिनामा विद्युत उत्पादन गर्नेगरी माथिल्लो दोर्दी 'ए' जलविद्युत आयोजनामा रफ्तारमा निर्माणको काम भइरहेको थियो। तर, साउन साउन ८ गते दोर्दी खोलामा एक्‍कासी आएको बाढीले विद्युत उत्पादनको मितिलाई पर मात्र धकेलेन, करोडौँको भौतिक र मानवीय क्षति गर्‍यो।

बाढीले बगाउँदा आयोजनामा कार्यरत ५ मजदुरको मृत्यु भयो भने ५ अझै बेपत्ता छन्। लमजुङको दोर्दी गाउँपालिका-६ मा लिबर्टी इनर्जी पावर कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको माथिल्लो दोर्दी-ए जलविद्युत आयोजनामा बाढीबाट करिब २६ करोड बराबरको भौतिक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

बाढीले आयोजनाको हेडवक्र्समा सबैभन्दा बढी क्षति पुगेको छ। इन्टेक र डिसेन्डर पुरेको छ।केही पेनस्टक पाइप, पावरहाउसमा जडान गर्न राखिएको मेसिनरी सामाग्री बगाएको छ। आयोजनाका निर्देशक राजेन्द्र वस्तीले यहाँमात्रै करिब १५ करोड क्षति भएको प्रारम्भिक आंकलन गरिएको बताए।  बाढीले डोजर, एक्साभेटर, ट्याक्टर तथाअन्य सामग्री पनि बगाएको छ।

यी सामग्रीको करिब ११ करोड बढीको क्षति भएको अनुमान गरिएको छ। 'क्षतिको विस्तृत अध्ययन हुन बाँकी नै छ,' वस्तीले भने, ' २६ करोड बढीको क्षतिपुगेको छ।' परामर्शदाताको अध्ययनपछि क्षतिको पूर्ण जानकारी आउने उनले बताए ।

मृतक र बेपत्ता परिवारलाई १० लाख

बाढीमा मृत्यु तथा बेपत्ता कामदारका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने भएको छ। राहतको प्रक्रिया थालिएको आयोजनाले जनाएको छ।  मृतक परिवारलाई निर्माण पक्षले किरिया खर्चबापत ५० हजार र आउनेजाने खर्च ५० हजार रुपैयाँ गरी १ लाख रुपैयाँ दिएको छ।

आयोजनाको तर्फबाट १ लाख रुपैयाँ दिइएको निर्देशक वस्तीले बताए। मृतकका परिवारलाई बिमा रकमवापत ७ लाख र जिल्ला प्रसाशन कार्यालयमार्फत विपद् व्यवस्थापन समितिले १ लाख रुपैयाँ दिनेभ एको छ। 

बेपत्ता भएकालाई बिमा कम्पनीले राहत नदिने अवस्थामा मृतक बराबरको राहत दिने विषयमा आयोजना र निर्माणपक्षबीच छलफल भएको वस्तीले बताए। घाइतेको उपचार पनि निर्माण कम्पनीले गर्ने भएको छ।

गत बुधबार आएको बाढीले धनजनको क्षतिपुगेपछि रोकिएको निर्माणकार्य भने आइतबारदेखि सूचारु भएको आयोजनाले जनाएको छ। बाढीले भत्काएको सडक मर्मत, मजदुर बस्ने क्याम्प निर्माणसँगै आयोजनाको हेडवक्र्स, पावरहाउसलागयतका क्षेत्रमा काम सुरु गरिएको वस्तीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.