प्रतिपक्षको घेराउपछि संसद बैठक स्थगित

प्रतिपक्षको घेराउपछि संसद बैठक स्थगित

काठमाडौं : प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। १६ गते दिउँसो बस्नेगरी बुधबारको बैठक स्थगित भएको हो।  

प्रतिपक्षी दलहरुले रोष्ट्रम अगाडि करिब एक घण्टा नारा लगाएपछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरे। प्रतिपक्षी दलहरूले सर्लाहीका घटनालाई लिएर छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएका छन्। बुधबारको बैठकमा पनि अवरोधको मुख्य कारण यही रह्यो। 

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई कारबाही गर्न समेत सांसदले माग गरे। मधेस आन्दोलनको बेला भएका घटनाको छानबिन गर्न गठिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत यही बैठकमा प्रतिपक्षी दलका सांसदले माग गरे।

संसदमा नेपाली कांग्रस र राष्ट्रिय जनता पार्टी 'राजपा' सहकार्य चलिरहेको छ। संसद अवरोधका कारण अत्यावश्यक कुराहरु सदनमा पस्न नपाएको समेत सभामुख महराले प्रष्ट पारेका छन्। महराले यही कुरा पटक- पटक दोहोर्‍याए पनि प्रतिपक्षका सांसदको अवरोध अन्तयसम्म कायमै रह्यो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.