मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन : अब समय खेर नफाल्नुहोस्

मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन : अब समय खेर नफाल्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवलाई बोलाएर समय खेर नफाली काम गर्न निर्देशन दिएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले यस्तो निर्देशन दिएका हुन्। 

प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई  कामलाई तिव्रता दिन र जेठ १५ मा बजेट ल्याउनुको उद्देश्य आत्मसाथ गर्न निर्देशन दिए।  

‘हामीले जेठ १५ मा बजेट ल्याएर असारभित्र पारित गर्ने परिपाटी किन सुरु गर्यौं भने  साउनको सुरुबाट काम गर्न सकिन्छ भन्ने सोचले  हो’, प्रधानमन्त्री ओलीले भने, ‘तर पहिले जस्तो फागुनतिर बल्ल ठेक्का सदर हुने ग¥यो भने फेरि ठेक्का लाग्दा नलाग्दा पानी पर्ने बेला हुन्छ। अब त्यस्तो हुनु हुदैन। समय खेर फाल्नु भएन।’ 

आफू र आफ्ना माहतका व्यक्तिलाई  स्वच्छ, पारदर्शी र गतिशिल बनाउन आह्वान प्रधानमन्त्रीले आह्वान गरेका छन्। आर्थिक बर्ष २०७६ ÷०७७ को बार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यन्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै  ओलीले यस्तो आह्वान गरेका हुन्। 

ओलीले आफू र मन्त्रीबीच कार्ययोजना सम्झौता भएकोले अब कामले तिव्रता लिने विश्वास व्यक्त गरे। 

‘मेरो र मन्त्रीजीको बीचमा सम्झौतामा हस्ताक्षर भएको छ। अब मन्त्रीजी र सचिव बीचको सम्झौता भएर कामको गतिले तिव्रता लिने विश्वास लिएको छु’, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले सरकार भ्रष्टचारीका विरुद्धमा अभूतपूर्व ढंगले अघि बढेको बताए। प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारीलाई मुद्दा चलाइएको छ। कारबाही दृढताका साथ अघि बढाइएको छ।’

कतिपय बेला संसदमा प्रतिपक्षीले अनावश्यक रुपमा व्यवधान खडा गर्ने गरेको प्रधानमन्त्रीको भनाइ छ। 

‘हामीलाई रोक्ने र असफल बनाउने कुरा मञ्जुर छैन’, प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्रको रक्षा गर्ने र समुचित ढंगले अघि बढाउने कुरामा वर्तमान सरकार हामी दृढ छ।’ 


 ओलीले जनताले स्थिरताका लागि  बहुमत दिएकोले वर्तमान सरकार जनताप्रति उतरदायित्व भएर काम गर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले भ्रष्टाचार अन्त्य गर्न सदाचारितालाई अबलम्बन गर्न आग्रह गरे। 
‘भ्रष्टाचार अन्त्य गर्न र सदाचारितालाई अवलम्बन गर्नका लागि सूत्र नै बनाउँ, मातहतको नजरमा नगिरौं’, ओलीले भने, ‘मातहतको नजरबाट गिर्नबाट जोगियो भने मान्छेले राम्रो काम गर्न सक्छ।’  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.