योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको शपथ

योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको शपथ

काठमाडौं : नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । मन्त्री भट्टराईलाई बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्। 

मन्त्री भट्टराईको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायत अन्य संवैधानिक निकायका प्रमुखको समेत उपस्थिति थियो। प्रधानमन्त्री ओलीले भट्टराईलाई बुधबार पर्यटनमन्त्री नियुक्त गरेका हुन्।

गत फागुन १५ गते गते तात्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा ताप्लेजुङमा निधन भएको थियो। अधिकारीको निधनपछि चार महिनादेखि पर्यटन मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्रीले लिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.