भेटवालविरुद्ध चार करोडको अभियोग

भेटवालविरुद्ध चार करोडको अभियोग

काठमाडौं : राजस्व अनुसन्धान विभागले जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालसहित चारजनाविरुद्ध अबैध हुण्डी कारोबारको अभियोगसहित काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दायर गरेको छ।

भेटवालसहित चारजनाले चार करोड ६० लाख ४२ हजार आठ सय ५० रुपैयाँ अवैध कारोबार गरेको अभियोगसहित मुद्दा दर्ता भएको जानकारी अदालतको दायरी शाखाका अधिकृत टीकासिंह खत्रीले दिए।

खत्रीका अनुसार उनीहरुविरुद्ध विदेशी विनिमय अपचलनको अभियोग लगाइएको छ। भेटवालसहित राजकुमार विष्ट, शिव विष्ट र निशा गुरुङलाई प्रतिबादी कायम गर्दै मुद्दा दायर गरिएको हो। ‘काठमाडौं भ्युटावरमा लगानी गर्ने भनी सिंगापुरमा अवैध रुपमा पैसा संकलन गरी गैरकानुनी बाटोबाट नेपाल पठाएको अभियोग दाबी विभागले गरेको छ,’ खत्रीले भने, ‘विदेशी विनिमय ऐन, २०१९ को दफा १७ (१) वमोजिम सजाय सजाय र दफा १७(९) वमोजिम विगो वमोजिम थप जरिबानाको माग छ।’

यी प्रतिबादीबाट विदेशी विनिमय अपचलनका एक सय चार थान भौचर बराममद गरी प्रमाणका रुपमा अदालतमा पेश गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.