कीर्तिमानी प्रशिक्षकको बहिर्गमन

कीर्तिमानी प्रशिक्षकको बहिर्गमन

मियामी : अमेरिकी राष्ट्रिय महिला फुटबल टोलीकी प्रमुख प्रशिक्षक जिल एलिसले पदबाट राजीनामा दिएकी छन्। उनी अमेरिकालाई लगातार दुई पटक फिफा महिला विश्वकपको उपाधि जिताउने एकमात्र प्रशिक्षक हुन्। इङ्ल्यान्डको पोर्टसमाउथमा जन्मिएकी एलिस अभिभावकसँग बाल्यकालमै अमेरिका पुगेकी थिइन्।

एलिस सन् २०१४ मा अमेरिकी महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएकी थिइन्। त्यसअघि उनले अमेरिकाकै उमेरसमूहको राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिइन्। ५२ वर्षीय एलिसको प्रशिक्षकत्वमा अमेरिकाले सन् २०१५ र सन् २०१९ मा महिला विश्वकपको उपाधि जितेको थियो।

हालै फ्रान्समा सम्पन्न आठौं महिला विश्वकपको फाइनलमा अमेरिकाले नेदरल्यान्ड्सलाई २—० गोलले हराएको थियो। ‘लामो समयदेखि सम्हाल्दै आएको महŒवपूर्ण जिम्मेबारीबाट बिदा लिने मेरो लागि यो सबैभन्दा उपयुक्त समय हो’, एलिसले भनेकी छन्, ‘आफ्नो जिम्मेवारी मैले कुशलतापूर्वक पूरा गरेँ भन्ने लागेको छ।’

एलिसले प्रमुख प्रशिक्षकको जिम्मेवारीबाट मुक्त भएपछि अब आफ्नो समय परिवारसँग बिताउने बताइन्। ‘मैले आफ्नो काँधमा गहन जिम्मेवारी बोकेकी थिएँ। त्यसैले परिवारका सदस्यलाई पर्याप्त समय दिन पाइनँ। अब म परिवारका सदस्यसँग समय बिताउन चाहन्छु। त्यसैले पनि जिम्मेवारीबाट बिदा लिने यो उपयुक्त समय हो’, उनी भन्छिन्।

अमेरिकी टोलीको प्रमुख प्रशिक्षकका रूपमा उनको पदावधि भने अक्टोबरसम्म छ। तर, त्यसअघि नै उनले जिम्मेवारी छाड्ने निर्णय लिएकी हुन्। उनको कार्यकालमा अमेरिकी महिला टोलीले एक सय दुई खेलमा जित हात पा¥यो भने केवल १८ खेलमा पराजय भोग्यो। यसबीचमा अमेरिकी टोली सात खेलमा बराबरीमा रोकिएको थियो। अमेरिकी महिला फुटबल टोलीको प्रशिक्षकका रूपमा यो हालसम्मकै सबैभन्दा उत्कृष्ट नतिजा हो।

आफ्नो टोलीलाई दुई पटक फिफा महिला विश्वकपको उपाधि जिताउने उनी पहिलो प्रशिक्षक हुन्। उनी सन् २०१५ मा फिफाद्वारा वर्षको सर्वोत्कृष्ट महिला प्रशिक्षकको अवार्डबाट सम्मानित भएकी थिइन्। सोही वर्ष उनले कनकाकाफ क्षेत्रको सर्वोत्कृष्ट महिला प्रशिक्षकको अवार्ड पनि हात पारेकी थिइन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.