अमेरिका–चीन व्यापार वार्ता पुनः शुरु

अमेरिका–चीन व्यापार वार्ता पुनः शुरु

सांघाई : अमेरिका–चीन ‘व्यापार युद्ध’को समाधान निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताको वार्ता सांघाईमा बुधवार पुनः शुरु भएको छ। व्यापारमा समस्या देखिएको भन्दै अमेरिका र चीनले एकअर्काका करिब ३ खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन्। अमेरिकाले चिनियाँ सामानको निर्बाध र खुकुलो प्रवेशका कारण व्यापार असन्तुलन चरम अवस्थामा पुगेको तथा अमेरिकी प्रविधि चीनले चोरी गरेको आरोप लगाउँदै आएको छ।

यतिखेर अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र अर्थमन्त्री स्टिभेन मन्चिन सांघाईमा छन्। चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँका उपप्रधानमन्त्री लिउ हले गरेका छन्। दुबै टोलीका सदस्य बुधवार बिहान वार्तामा बसेका थिए।

यसैबीच अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै व्यापार वार्ताप्रति चीन त्यति गम्भीर नरहेको आरोप लगाएका छन्। उनले भने, ‘अमेरिकी टोलीले अहिले चिनियाँ पक्षसँग वार्ता गरिरहेको छ, तर चिनियाँहरू आफूलाई लाभ हुने कुरामा मात्र ध्यान दिइरहेका छन्। यस्तो सम्झौता हाम्रा लागि कुनै महत्वको होइन।’

चीन सरकारले अमेरिकी कृषिजन्य उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको तर महिनौंदेखि कतिपय सामान नकिनेको अमेरिकी आरोप छ। ट्रम्पले भने, ‘चीनसँगको समस्या नै यही हो। उनीहरू इमान्दार हुन सकेनन्।’ विज्ञहरूले राष्ट्रपति ट्रम्पका पछिल्ला ट्विटले पहिल्यैदेखि तनावमा रहेको व्यापार वार्तालाई सहजीकरण गर्न सहयोग नगर्ने बताएका छन्।

सांघाई बैठक प्रारम्भ हुनु अघिल्लो दिनमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व व्यापार संगठनमा चीनले पाइरहेको विकासशील मुलुकको दर्जा हटाउने चेतावनी दिएका थिए। अमेरिकी भनाइलाई चीनले ‘अमेरिकी अहंकार’ भन्दै प्रतिवाद गरिसकेको छ। –रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.