दिवा खाजाको रकम अभिभावकलाई !

दिवा खाजाको रकम अभिभावकलाई !

सिन्धुली : विद्यार्थीलाई विद्यालयमा टिकाइरहन सरकारले दिँदै आएको दिवा खाजाको रकम सिन्धुलीमा भने अभिभावकलाई दिने गरिएको पाइएको छ। जिल्लाका सबै स्थानीयतहका अधिकांश विद्यालयले बालबालिकालाई खाजा नखुवाई रकम अभिभावकलाई दिने गरेका छन्।

३ सय ५७ वटा प्राथमिक विद्यालय छन्। सरकारले गत आर्थिक वर्ष २०७५/७६ बाट बालविकास तथा कक्षा १ देखि कक्षा पाँच सम्म विद्यालयमा पढ्न जाँने विद्यार्थीहरुलाई विद्यालयमा नै दिवा खाजा खुवाउन दैनिक प्रति विद्यार्थी १५ रुपैयाँका दरले रकम भुक्तानी दिन थालेको थियो।

शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीका शाखा अधिकृत नेत्र गजुरेलकाअनुसार सिन्धुलीमा दिवा खाजा पाउने बालबालिकाको संख्या झण्डै ३६ हजार छन्। तर, विद्यालयले खाजा बनाउने र खुवाउने कार्य झन्झटिलो भएको भन्दै विद्यार्थीका अभिभावकलाई एकमुष्ठ रकम नै दिने गरेका छन्।

गोलञ्जोर गाउँपालिका–४ स्थित वत्सला माध्यमिक विद्यालय दिङदिङ किराँतेका प्रध्यानाध्यापक बलबहादुर भुजेल विद्यालयले खाजा बनाएर खुवाउन समस्या भएपछि अभिभावकलाई नै पैसा दिने गरको बताउँछन्। ‘खाजा के बनाउने कति खुवाउने भन्नेसमेत समस्या भयो’ उनले भने, ‘अभिभावकलाई नै घरबाट खाजा बनाएर अनिवार्य पठाउन लगाएका छौं। खाजावापत विद्यार्थीले पाउने रकम अभिभावकलाई दिने गरेका हौं।

एक सय १८ जना विद्यार्थीले दिवा खाजावापत दैनिक १५ रुपैयाँका दरले भुक्तानी पाउँछन्। उनीहरुको अभिभावकलाई एक मुष्टमा १ लाख ५० हजार रुपैयाँ वितरण गरिएको भुजेलले जनाए। वत्साला जस्तै जिल्लाका अधिकांश विद्यालयले बालबालिकालाई खाजा खुवाउनुका साटो अभिभावकलाई एक मुष्ट पैसा दिनेका गरेका छन्। कमलामाई नगरपालिकामा मात्र एक सय ३ वटा विद्यालयका प्रावि तहका विद्यार्थीलाई गत आर्थिक वर्ष २०७५/०७६ मा दिवा खाजा खुवाउन ३६ लाख ९७ हजार रुपैयाँ भुक्तानी दिएको छ।

तर, केही विद्यालयबाहेक अधिकांशले अभिभावकलाई नै नगद रकम दिने गरेको पाइएको नगर शिक्षा समिति कमलामाई नगरपालिकाका प्रमुख शंकरराज लुइटेलले बताए। ‘हामीले विद्यार्थीलाई विद्यालयमै खाज खुवाउन भनेका छौं। तर धेरैजसो विद्यालयले खाजा बनाउने र खुवाउने कार्य गर्न नसकिएपछि अभिभावकलाई रकम दिएको बताएका छन्’, उनले भने।

कमलामाई नगरपालिकामा मात्र झण्डै ८ हजार बालबालिकाहरुलाई दैनिक दिवा खाजा खुवाउन प्रतिविद्यार्थी १५ रुपैयाँका दरले दिने गरिएको छ। ‘विद्यालयमै खाजा खुवाउँदा १३ रुपैयाँमा एक जना विद्यार्थीलाई खाजा खुवाउन सकिने रहेछ तर, अभिभावकहरुलाई १५ रुपैयाँ नै दिने गरिएको पाइयो’ लुइटेलले भने, ‘जिल्लाका केही मावि तहसम्मका विद्यालयले बालबालिकालाई खाजा नै खुवाउने गरे पनि अन्यले भने अभिभावकलाई दिँदा रहेछन्। अभिावकलाई दिँदा बालबालिकाको हितमा प्रयोग हुन्छ भन्ने छैन।’

सिन्धुलीमा करिब साँढे एक करोड रुपैयाँ बालबालिकालाई दिवा खाजा खुवाउन भन्दै अभिभावकहरुलाई दिइएको शिक्षा विकास तथा समन्वय एकाइले अनुमान गरेको छ। सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढाउन सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.